स्याङ्जाका विभिन्न स्थानमा तीन दिनसम्म निःशुल्क आँखा परीक्षण तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ ।
सानिमा बैंक लिमिटेड पुतलीबजार शाखाको आयोजना तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको शिविरबाट जिल्लाका सर्वसाधारण लाभान्वित हुने अपेक्षा गरिएको छ ।
शिविरको पहिलो दिन असार ७ गते भीरकोट नगर अस्पताल हेलुमा आँखा परीक्षण तथा स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै दोस्रो दिन असार ८ गते बयरघारीस्थित क्षत्री समाज भवनमा निःशुल्क आँखा परीक्षण गरिने कार्यक्रम तय गरिएको छ ।
तेस्रो तथा अन्तिम दिन असार ९ गते वालिङ नगरपालिकास्थित गह्रौं प्राथमिक अस्पतालमा मोतियाबिन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिने जनाइएको छ ।
सानिमा बैंक पुतलीबजार शाखाका प्रबन्धक प्रेम बहादुर महतका अनुसार बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आँखा स्वास्थ्यसम्बन्धी सेवा सर्वसाधारणसम्म पुर्याउने उद्देश्यले शिविर आयोजना गरेको हो ।
शिविरमा मोतियाबिन्दुका साथै अन्य आँखा सम्बन्धी समस्या भएका बिरामीले पनि परीक्षण तथा परामर्श सेवा निःशुल्क प्राप्त गर्न सक्नेछन् । आयोजकले आँखासम्बन्धी समस्या भएका स्थानीय बासिन्दालाई समयमै परीक्षण गराई सेवा लिन आग्रह गरेका छन् ।
सम्बन्धित खबर
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !