स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ बारीचौरमा चितुवाले बाख्राको खोरमा पसेर आठ वटा बाख्रा मारेको छ ।
स्थानीय ४२ वर्षीय निमबहादुर थापाको घर नजिकै रहेको खोरमा मंगलबार राति चितुवा पसेर आक्रमण गरेको हो । आक्रमणमा छ वटा बाख्रा मरेका छन् भने दुई वटा बोका चितुवाले उठाएर लगेको प्रहरीले जनाएको छ ।
घटना १६ असारको राति भएको हो । बाख्राको खोरमा चितुवा पसेर क्षति पुर्याएको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको बताउँदै जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले घटनाको पुष्टि गर्दै क्षतिको यकिन विवरण संकलन भइरहेको बताए ।
‘चितुवाले खोरमा पसेर छ वटा बाख्रा मारेको र दुई वटा बोका लगेको भन्ने सूचना आएको छ । प्रहरी टोली घटनास्थलमा पुगेर थप बुझ्ने र आवश्यक विवरण संकलन गर्ने काम गरिरहेको छ,’ उनले भने ।
घटनापछि गाउँबस्ती नजिकै चितुवा देखिन थालेकाले स्थानीय त्रसित बनेका छन् । रातिको समयमा घरबाहिर ननिस्कन र पशुचौपायाको सुरक्षा गर्न उनीहरूले सतर्कता अपनाउन थालेका छन् ।
प्रहरीले वन्यजन्तुबाट भएको क्षतिबारे सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला