स्याङ्जाको फेदीखोला गाउँपालिका–२ मा मापदण्डविपरीत निर्दयी ढंगले चौपाया ढुवानी गरिरहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–३२ निवासी ४२ वर्षीय अब्दुल रहीम अन्सारी रहेका छन् । उनी चौपायाका जिम्मेवार धनी रहेको प्रहरीको भनाइ छ ।
प्रहरीले स्याङ्जाको गल्याङबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश नम्बर २–०३००१ ख ६३४१ नम्बरको ट्रकमा २० वटा भैंसी तथा पाडा राखेर पशु ढुवानीसम्बन्धी मापदण्ड उल्लंघन गरेको अवस्थामा फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार असार २५ गते साँझ करिब ६ बजे फेदीखोला गाउँपालिका–२ स्थित सिद्धार्थ राजमार्गमा प्रहरी चौकी फेदीखोलाको टोलीले नियमित सवारी चेकजाँचका क्रममा उक्त ट्रक रोकेको थियो ।
चेकजाँचका क्रममा ट्रकमा रहेका २० वटा भैंसी तथा पाडालाई तोकिएको मापदण्डविपरीत कष्ट हुने गरी ढुवानी गरिएको पाइएपछि ट्रकसहित सबै चौपाया नियन्त्रणमा लिइएको उनले बताए ।
घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका अन्सारीविरुद्ध प्रहरीले पशुपक्षीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । यसका लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट सात दिनको म्याद थप अनुमति प्राप्त भएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक अवस्थीले जानकारी दिए ।
सम्बन्धित खबर
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते