१० वर्षदेखि फरार बहुविवाह मुद्दाका दोषी पक्राउ

१० वर्षदेखि फरार बहुविवाह मुद्दाका दोषी पक्राउ

file pic-Arrested

बहुविवाह मुद्दामा अदालतबाट कैद सजाय सुनाइएपछि लामो समयदेखि फरार रहेका एक व्यक्तिलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बहुविवाह मुद्दामा एक वर्ष कैद सजाय तोकिएका हरिनास गाउँपालिका–४ का ४१ वर्षीय किमबहादुर थापालाई बुधबार पक्राउ गरिएको हो ।

थापालाई पुतलीबजार नगरपालिका–१० राङखोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

उनका अनुसार थापाविरुद्ध स्याङ्जा जिल्ला अदालतले २०७१ चैत २९ गते बहुविवाह मुद्दामा एक वर्ष कैद सजायको फैसला गरेको थियो । त्यसयता उनी फरार रहँदै आएका थिए ।

प्रहरीले पक्राउ परेका थापालाई फैसला कार्यान्वयनका लागि आज नै स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराएको छ ।

जिल्ला प्रहरी कार्यालयले अदालतबाट सजाय सुनाइएपछि फरार रहेका व्यक्तिहरूलाई खोजी गरी पक्राउ गर्ने अभियानलाई निरन्तरता दिएको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ