अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्लाभित्र रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न जिल्लामा भारी तथा अति भारी वर्षाको सम्भावना रहेको भन्दै जोखिम न्यूनीकरणका लागि रातिको समयमा सवारी आवागमन नियन्त्रण गर्न निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले शनिबार अत्यन्त जरुरी सूचना जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेद्वारा जारी सूचनाअनुसार श्रावण २ र ३ गते सम्भावित विपद्बाट नागरिकको जिउधनको सुरक्षा गर्ने उद्देश्यले जिल्लाभित्र पर्ने सिद्धार्थ राजमार्गमा अत्यावश्यक सेवाबाहेकका सवारी साधन साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न रोक लगाइएको छ ।
यस्तै, सिद्धार्थ राजमार्गबाहेक जिल्लाका अन्य शाखा सडकमा पनि अत्यावश्यक सेवाबाहेकका सबै प्रकारका सवारी साधन सञ्चालन नगर्न प्रशासनले निर्देशन दिएको छ ।
प्रशासनले सार्वजनिक यातायातका साथै अन्य सवारीधनीलाई पनि अत्यावश्यक अवस्था बाहेक सवारी सञ्चालन नगर्न आग्रह गरेको छ । अत्यावश्यक सवारी सञ्चालन गर्नैपरेमा नजिकको सुरक्षा निकायसँग समन्वय गरी सुरक्षा निकायको निर्देशन पालना गर्न भनिएको छ ।
सूचनामा पहिरो, बाढी वा अन्य प्राकृतिक विपद्को उच्च जोखिम भएका स्थानमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । साथै अत्यावश्यक कामबाहेक यात्रा नगर्न पनि प्रशासनले अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले सम्भावित विपद्बाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको जनाएको छ । यसबाट यात्रु र सर्वसाधारणमा पर्न जाने असुविधाप्रति प्रशासनले क्षमायाचना गर्दै सबैलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
सम्बन्धित खबर
अवैध रूपमा बालुवा ओसार्दै गरेको ट्याक्टरलाई तीन हजार जरिवाना
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ
स्याङ्जाका सरकारी कार्यालयमा छड्के, ३४ कर्मचारीको हाजिरीमा कैफियत
खोलामा डुबेर बेपत्ता भएका युवक मृत फेला
ग्यासमा कृत्रिम अभाव रोक्न स्याङ्जामा छड्के अनुगमन
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित