निकासी कर नतिरी कवाडी सामान ओसार्ने जीप कारबाहीमा

निकासी कर नतिरी कवाडी सामान ओसार्ने जीप कारबाहीमा

Jeep carrying heavy goods under action

स्याङ्जाको बिरुवा गाउँपालिकामा पालिकालाई बुझाउनुपर्ने निकासी कर नतिरी कवाडी सामान ओसारपसार गरिरहेको अवस्थामा एउटा बलेरो जीप प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार बिहीबार प्रहरी चौकी बिरुवाअर्चलेबाट खटिएको टोलीले बिरुवा गाउँपालिका–१ बेलबारीमा चेकजाँच गर्ने क्रममा जीप नियन्त्रणमा लिएको हो ।

बिरुवाबाट स्याङ्जा सदरमुकामतर्फ आउँदै गरेको ना ३ च ७२४३ नम्बरको बलेरो जीप चेकजाँच गर्दा पालिकामा बुझाउनुपर्ने निकासी कर नतिरी कवाडी सामान ओसारपसार गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले जीप नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि बिरुवा गाउँपालिकाको कार्यालयमा बुझाएको थियो । गाउँपालिकाले जीपधनीलाई तीन हजार रुपैयाँ जरिवाना गराई छाडेको सूचना अधिकारी अवस्थीले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ