अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई तीन हजार रुपैयाँ जरिवाना

अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई तीन हजार रुपैयाँ जरिवाना

fines to tractor-1763

स्याङ्जाको वालिङ नगरपालिकामा अवैध रूपमा बालुवा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले एउटा ट्याक्टर नियन्त्रणमा लिएर तीन हजार रुपैयाँ जरिवाना गराएको छ ।

अस्थायी प्रहरी बिट रामबाच्छाबाट खटिएको प्रहरी टोलीले बिहीबार वालिङ नगरपालिका–१ रामबाच्छास्थित सिद्धार्थ राजमार्गमा वालिङबाट बयरघारीतर्फ आउँदै गरेको ग १ त १७६३ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार ट्याक्टरमा अवैध रूपमा बालुवा ओसारपसार भइरहेको फेला परेपछि आवश्यक कारबाहीका लागि वालिङ नगरपालिकामा बुझाइएको थियो ।

नगरपालिकाले ट्याक्टरलाई तीन हजार रुपैयाँ जरिवाना गरी छाडेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ