स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु

स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु

mahila gothma

स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ नयाँगाउँमा गोठभित्र अचेत अवस्थामा भेटिएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

कैलालीको गोदावरी नगरपालिका–९ वल्मी घर भई हाल पुतलीबजार–१३ नयाँगाउँमा बबिता नेपालीको घरगोठ भाडामा लिएर बस्दै आएकी ३५ वर्षीया सुशिला मगर सोमबार दिउँसो गोठमा अचेत अवस्थामा भेटिएकी थिइन् । उनी त्यहाँ ज्याला मजदुरीको काम गर्दै आएकी थिइन् ।

मगर गोठमा अचेत अवस्थामा रहेको भन्ने स्थानीयबाट सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले उनलाई तत्काल उपचारका लागि पुतलीबजारस्थित प्रदेश अस्पताल लगेको थियो ।

अस्पताल पुर्‍याइएको केही समयपछि चिकित्सकले मगरलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।

प्रहरीका अनुसार मगरले अत्यधिक मादक पदार्थ (रक्सी) सेवन गर्ने गरेको बुझिएको छ । उनको शरीरमा बाहिरी चोटपटक भने नदेखिएको प्रहरीले जनाएको छ ।

घटनाको कारण खुल्न बाँकी रहेकाले प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ