स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको देशकै पहिलो नवग्रह मन्दिरमा तीनदिने विशेष महाअनुष्ठान सम्पन्न भएको छ । अनुष्ठानमा नौवटै ग्रहका लागि ५ लाख ४४ हजारभन्दा बढी मन्त्रको लक्षजपसँगै हवन गरिएको छ ।
नवग्रहमा क्षमा पूजासहित इतिहासमै दुर्लभ मानिएको अथर्ववेदीय नवग्रह महासाम्राज्य कल्पअनुसार महाअनुष्ठान गरिएको हो । हवनकुण्डमा नौ प्रकारका अन्न, शुद्ध घिउ, तिल, जौ, मह तथा विशेष जडीबुटीयुक्त नवधान्य र द्रव्यको आहुति दिइएको थियो ।
नवग्रहका साथै तिनका शासक अधिदेवता र प्रत्यधिदेवताका लागि समेत विशेष तर्पण गरिएको थियो । जसमा सूर्यका लागि शिव, चन्द्रका लागि पार्वती र बुधका लागि विष्णुको विशेष तर्पण गरिएको आयोजकले जनाएको छ ।
भोटेकोशी बाढीमा परेका नागरिकका लागि क्षमा पूजा तथा मानव जीवनमा देखिने सम्पूर्ण ग्रहदोष शान्ति र सर्वसिद्धि प्राप्तिको कामनासहित महाअनुष्ठान गरिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए ।
उनका अनुसार यो सामान्य पूजा वा हवन मात्र नभई कृष्ण यजुर्वेद र अथर्ववेदको ‘नक्षत्र कल्प’मा उल्लेखित दुर्लभ महासाम्राज्य विधानअनुसार गरिएको अनुष्ठान हो । हजारौँ वर्षअघि महर्षिहरूले गोप्य राखेको उक्त विधिअनुसार अनुष्ठान गरिएको उनको भनाइ छ ।
महाअनुष्ठानका क्रममा अघोर पूजा तथा तान्त्रिक विधिअनुसार कुभिन्डो, नरिवल, कागती, उखु र जायफलको सात्त्विक बलिसमेत दिइएको थियो ।
तीन दिनसम्म चलेको अनुष्ठानमा करिब २५ हजार भक्तजनले मन्दिरमा पुगेर पूजा तथा आराधना गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले बताए ।
अनुष्ठानमा कलाकार शिव शर्मा र घनश्याम रिजालले भक्तजनलाई धार्मिक तथा सांस्कृतिक प्रस्तुतिमार्फत मनोरञ्जन गराएका थिए ।
सम्बन्धित खबर
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
प्रदेश मातहतको अस्पताल चलाउने निर्णय, खर्च नबेहोर्ने भएपछि विवाद
यो पनि पढौँ
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु