स्याङ्जामा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा भएका १८ सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर शाहीका अनुसार साउन, भदौ र असोजमा १० मोटरसाइकल, पाँच जीप/भ्यान, दुई बस र एक ट्रेलर ट्रक दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा पाँच पुरुष र एक महिलाको मृत्यु भएको छ । गम्भीर घाइते हुनेमा चार पुरुष र चार महिला छन् । त्यस्तै, सात पुरुष, १० महिला, एक बालक र तीन बालिका गरी २१ जना सामान्य घाइते भएका छन् ।
दुर्घटना न्यूनीकरणका लागि चालक र यात्रु दुवैले ट्राफिक नियम पालना गर्नुपर्ने प्रमुख शाहीले बताए । तीव्र गति नियन्त्रण गर्ने, हेल्मेट र सिटबेल्टको अनिवार्य प्रयोग गर्ने, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने तथा सवारीसाधनको अवस्था जाँच गरेर मात्र यात्रा गर्ने बानीले दुर्घटनाको जोखिम घटाउन सकिने उनको भनाइ छ ।
शाहीका अनुसार ट्राफिक नियमबारे सचेतना फैलाउने, सवारीसाधनको निगरानी गर्ने र नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्ने कामलाई निरन्तरता दिइएको छ । चालक र सर्वसाधारणको सहकार्यबाट सडकलाई सुरक्षित बनाउन सकिने भएकाले सबैलाई जिम्मेवार भएर यात्रा गर्न उनले आग्रह गरे ।
सम्बन्धित खबर
स्याङ्जामा तीन महिनामा १८ सवारी दुर्घटना, ६ जनाको मृत्यु
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
माइक्रोबसको ठक्करबाट महिला घाइते
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन