पोखरा । लक्ष्मी ग्रुपसम्बद्ध सुजल डेरीले सफल ब्रान्डको घ्यूको ‘मीठो स्वाद जिन्दगीको’ नामक अभियानलाई निरन्तरता दिएको जनाएको छ । कम्पनीले आइतबार विज्ञप्ति निकालेर हरेक परिवारलाई घ्यूको मिठासयुक्त स्वादिलो परिकार मार्फत् जोड्ने उद्देश्यले ‘मीठो स्वाद जिन्दगीको’ अभियानलाई निरन्तरता दिएको जनाएको हो ।
कम्पनीले यो अभियानमार्फत् व्यस्त जीवनशैलीबीच घ्यूको मीठो स्वाद, पौष्टिकता र सुगन्धले सम्पूर्ण परिवारलाई एक ठाउँमा ल्याउने विश्वास राखेको जनाएको छ । सन्तुलित खाना सबैको आवश्यकता भए पनि परिवारका हरेक सदस्यको फरक चाहनाका कारण गृहिणीहरूका लागि आफ्नो परिवारलाई पोषण पुर्याउनु चुनौतीपूर्ण बनेको छ ।
कम्पनीले भनेको छ, ‘यस्तो अवस्थामा सफल घ्यूको स्वाद र सुगन्धले सबैजसो परिकारमा स्वाद बढाउने हुनाले परिवारका सम्पूर्ण सदस्यले सन्तुलित र पोषण युक्त परिकार मार्फत् जोडिँदै थप स्वस्थ र स्फूर्त जिन्दगी जिउन सक्नेछन् ।
सुजल डेरीको उत्कृष्ट उत्पादन सफल घ्यू पोखरा, काठमाडौं लगायत देशभरका सबै मुख्य सहरमा पाइन्छ । गाई तथा भैंसीको शुद्ध नौनी खारेर बनाइएको सफल घ्यू खाँदा मीठो हुनाका साथै स्वास्थ्यको लागि फाइदा जनक रहेको कारण परिवारको नियमित खानामा यसको प्रयोग राम्रो मानिने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार दानेदार, सुगन्धित तथा पूर्ण रूपमा शुद्ध र पौष्टिक विशेषताका कारण विभिन्न चाडपर्व तथा समारोहहरूमा ताजा र मनै लोभ्याउने परिकार बनाउनको लागि यो उत्कृष्ट छ ।
घ्यू आफैमा शक्तिदायक भएकोले चिल्लो पदार्थको सर्वाेत्तम विकल्प मानिन्छ । मात्र १ ग्राम घ्यूको सेवनले शरीरमा नौ क्यालोरी शक्ति र भिटामिन ए सँगै मानव शरीरलाई अत्यावश्यक फ्याटी एसिड पनि प्रशस्त मात्रामा पाइन्छ ।
घ्यूको प्रयोग गरेर तयार पारिएको परिकार पाचन योग्य र शरीरका लागि गुणकारी रहन्छ र यसको उचित सेवनले मस्तिष्क विकासमा पनि टेवा पुग्ने विश्वास गरिन्छ । साथै चिल्लो प्रति सजग रहने व्यक्तिहरूको लागि पनि घ्यूमा बनेको परिवार फाइदा जनक रहन्छ ।
कम्पनीका अनुसार आफ्ना विभिन्न उत्पादनहरू मार्फत निरन्तर सेवा दिँदै सुजल डेरीले आइएसओे २२०००ः२०१८ मापदण्ड प्राप्त गरेको छ ।
सम्बन्धित खबर
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पोखरा लेकसाइडमा खुल्यो जापानी आतिथ्यसहितको ‘UNPLAN Pokhara Hotel and Retreat’
सिटिजन फर्निचरमा दसैँतिहार अफर, ३० प्रतिशतसम्म छुट
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
सहकारीले अब ऋण दिँदा १३ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने
Changan NEVO Q05 शुक्रबार पोखरामा सार्वजनिक हुँदै, Deepal Showroom बाट ४ दिनसम्म टेस्ट ड्राइभ गर्न पाइने
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते