तनहुँ । रोट्रयाक्ट क्लब अफ दमौली र रोट्रयाक्ट क्लब अफ कान्तिपुरको संयुक्त आयोजनामा आइतबार ५ थान कम्प्युटर र शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । तनहुँको ब्यास नगरपालिका वडा नम्बर ९ तारुका स्थित बसाहास्थान माध्यमिक विद्यालयमा ५ थान कम्प्युटर तथा अन्य शैक्षिक सामग्री हस्तान्तरण गरिएको रोट्रयाक्ट क्लब अफ दमौलीले जनाएको छ ।

त्यस्तै कम्प्युटर सहित कापी, कलम लगाएतका शैक्षिक सामाग्रीहरु समेत वितरण गरिएको क्लबले जनाएको छ । उक्त बिद्यालयमा कक्षा १ देखि १० सम्म जम्मा १४६ जना विद्यार्थी रहेका छन् । उक्त कार्यक्रममा रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष विपिन श्रेष्ठ र रोट्रयाक्ट क्लब अफ कान्तिपुरकी निवर्तमान अध्यक्ष सृष्टि त्रिपाठीले संयुक्त अध्यक्षता गरेका थिए । रोट्रयाक्ट क्लब अफ दमौलीले आफ्नो टुइन क्लब रोट्रयाक्ट क्लब अफ कान्तिपुर संग सहकार्य गरि उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि रोट्रयाक्ट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश गुरुङ, विद्यालयका प्रधानाध्यापक कृष्णभक्त तिवारी, क्लब अफ दमौलीका अध्यक्ष विपिन श्रेष्ठ , रोट्रयाक्ट क्लब अफ कान्तिपुरकी निवर्तमान अध्यक्ष सृष्टि त्रिपाठी लगाएतकाले मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश गुरुङ र विद्यालयका प्रधानाध्यापक कृष्णभक्त तिवारीले कम्प्युटर पाए पछी विद्यार्थी लाइ थप सहयोग पुग्ने बताए ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्