स्याङ्जा जिल्लाले दोस्रोपटक महिला सिडिओ पाएको छ । सुनिता नेपाल जिल्ला प्रशासन कार्यालय, स्याङ्जा प्रमुख जिम्मेवारी लिएर आउँदैछिन् ।
स्याङ्जाका सिडिओ शशिधर घिमिरेको गृह मन्त्रालयमा सरुवा भएसङ्गै स्याङ्जाले नयाँ सिडिओमा नेपाललाई पाएको हो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीको जिम्मेवारी सम्हालेकी नेपालले यसपटक स्याङ्जा नेतृत्वको जिम्मेवारी पाएकी हुन् । उनले प्युठानमा पहिलोपटक प्रजिअको जिम्मेवारी सम्हालेकी थिइन् ।
अर्घाखाँची घर भएकी नेपाल २०६१ सालमा अधिकृतमा नाम निकालेर सरकारी सेवामा प्रवेश गरेकी थिइन् । स्याङ्जाले यसअघि इन्दु घिमिरेलाई पहिलो महिला प्रजिअको रुपमा पाएको थियो ।
१६ जना सीडीओसहित २५ सहसचिवको सरुवा
गृह मन्त्रालयले १६ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित २५ सहसचिवको सरुवा गरेको हो । शुक्रबार मन्त्रालयले सुनिता नेपाललाई स्याङ्जा, भोला दाहाललाई गोरखा, जनार्दन गौतमलाई तनहुँ, आनन्द काफ्लेलाई पाल्पा, बन्धुप्रसाद बास्तोलालाई झापा, नारायणप्रसाद सापकोटालाई भोजपुर, शंकरहरि आचार्यलाई सुर्खेत र हरिप्रसाद घिमिरेलाई उदयपुरको सीडीओमा सरुवा गरेको छ।
मन्त्रालयले वीरेन्द्रकुमार यादवलाई गृह मन्त्रालय, हिरालाल रेग्मीलाई रौतहट, धर्मेन्द्रकुमार मिश्रलाई कैलाली, दिनेश सागर भुसाललाई पर्सा, युवराज कटेललाई गृह मन्त्रालय, विश्वप्रकाश अर्याललाई कपिलवस्तु, सुरेश पन्थीलाई नवलपरासी पश्चिम, शशिधर घिमिरेलाई गृह मन्त्रालय सरुवा गरेकाे छ।
सहसचिव प्रेम प्रसाद भट्टराईलाई मोरङ, नारायणप्रसाद अर्याललाई प्युठान, भरत खनाललाई सिन्धुली, महादेव पन्थलाई कसूरजन्य सम्पत्ति व्यवस्थापन विभाग र स्किम श्रेष्ठलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
मन्त्रालयले झक्कुप्रसाद आचार्यलाई सिन्धुपाल्चोक र जयनारायण आचार्यलाई सुनसरीको सीडीओमा सरुवा गरेको छ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ