स्याङ्जाको पुतलीबजार नगरपालिका-१४ लामागेमा अवस्थित श्रवण माविका पूर्व विद्यार्थीले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडाहरु वितरण गरेका छन् ।
विद्यालय केन्द्रित शैक्षिक गतिविधिहरु संचालन गर्ने उद्देश्यका साथ श्रवण माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको पहलमा गत २०७७ फागुनमा स्थापित पूर्व विद्यार्थी मञ्चद्वारा विद्यालयमा अध्ययनरत सबै १२३ जना विद्यार्थीहरुलाई एक लाख पच्चीस हजार रुपैयाँ बराबरको न्यानो कपडा (ट्र्याकसुट) वितरण गरिएको मञ्चका अध्यक्ष अमृत लामिछानेले जानकारी दिए ।
विद्यालय केन्द्रित शैक्षिक तथा सामाजिक कार्यक्रम गर्दै आएको साथै विद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन पूर्व विद्यार्थी मञ्च आगामी दिनहरुमा समेत सहकार्य गर्न तत्पर रहेको बताउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिन केसी र प्रधानाध्यापक हिमलाल ढकाललाई न्यानो कपडा हस्तान्तरण गरेको अध्यक्ष लामिछानेले बताए ।

विद्यालयको सारथी संस्थाको रुपमा रहेको पूर्व विद्यार्थी मञ्चले विद्यालयलाई साथ र सहयोग गर्दै आएको र संस्थाले गरेका सम्पूर्ण गतिविधिहरु आफूले नजिकैबाट नियालिरहेको कार्यक्रमका प्रमुख अतिथि पुतलीबजार नगरपालिका-१४ का वडा अध्यक्ष जितेन्द्रप्रकाश मल्लले बताए ।
उनले कार्यक्रममा आगामी आर्थिक वर्षभित्र विद्यालयलाई घेराबार गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै पूर्व विद्यार्थी मञ्चको समेत साथ र सहयोग मिल्ने अपेक्षा रहेको जनाए ।
त्यस्तै, कार्यक्रममा सोहि वडाका वडा सदस्य मुवारक मियाँ, पुर्व विद्यार्थी मञ्चका अध्यक्ष अमृत लामिछाने, विद्यालयका विद्यार्थी सुरेन्द्र जैसी, पूर्व शिक्षिका मिना पराजुली, शर्मिला दवाडी लगायतले विद्यालयको उन्नति र प्रगतिको कामनाका साथ शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिन केसीले पूर्व विद्यार्थीहरुले गरेको सहयोग रकमलाई बचत गर्दै सदुपयोग गरी मञ्चले विद्यालयमा गरेका विभिन्न सिर्जनशील गतिविधिहरुको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिन केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हिमलाल ढकालले स्वागत तथा सहायक प्रधानाध्यापक बेदप्रसाद पौडेलले संचालन गरेका थिए ।
विभिन्न विद्यालयहरुमा सरुवा भई जानुभएका शिक्षिका मीना पराजुली र शर्मिला दवाडीलाई सोहि कार्यक्रममा बिदाई गरिएको थियो ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु