सुजल फूड्स प्रालिले आफ्नो उत्कृष्ट उत्पादन चोकोफन बिगफनलाई नयाँ प्याकमा बजारमा उतारेको छ ।
चोकोफन बिगफन चकलेटले भरिएको क्रिस्पी, क्रन्ची चारवटा तहहरुबाट बनेको हुन्छ । त्यसमाथि भेनिल्ला स्टाइप्स हुन्छ, जसको स्वादले उपभोक्तालाई अधिक रमाइलो र आनन्द प्रदान गर्ने कम्पनीको दाबी छ ।
आकर्षक चम्किलो रातो रंग र सुनौलो रंगमा आएको चोकोफन बिगफनको नयाँ प्याकेजिङ आकर्षक रहेको छ, जसले उपभोक्ताको रुची र प्राथमिकतालाई सम्बोधन गर्ने आशा गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
चोकोफन बिगफन १५ ग्राममा उपलब्ध छ । जसको मूल्य १० रुपैयाँ राखिएको छ । यो प्रडक्ट जार र प्याकेटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले यसको उत्पादन संसारकै अत्याधुनिक प्रविधिको अटोमेटिक मसिनरिबाट स्वस्थकर वातावरणमा हुने उल्लेख गर्दै अन्तराष्ट्रिय गुणस्तरको उत्कृष्ट चकलेट तथा अन्य कच्चा पदार्थ प्रयोग गरिने भएकोले गुणस्तर र स्वादमा एकरुपता हुने दाबी गरेको छ ।
सुजल फूड्स प्रालि नेपालको अग्रणी कन्फेक्सनरी कम्पनी पनि हो, जुन आईएसओ २२०००ः२०१८ प्रमाणित छ। यो लक्ष्मी समूहको प्रमुख भगिनी संस्था हो ।
सुजल फूड्सले विगत ५० वर्षदेखि अन्तरास्ट्रिय स्तरको वेफर, बबलगम, ललिपोप, टफी, क्यान्डी आदि उत्पादन गर्दै आएको छ ।
कम्पनीका लोकप्रिय ब्राण्डहरुमा चोकोफन, क्रेभ, रसिलो, फ्रेसो, क्याण्डीम्यान र फ्रेसडेन्ट आदि रहेका छन् ।
चोकोफन बिगफनले पनि आफ्ना अन्य उत्पादन झै उपभोक्ताको मन जित्न सफल हुनेमा कम्पनी आशावादी देखिएको छ ।
सम्बन्धित खबर
छ महिनामा स्याङ्जा ट्राफिकद्वारा झण्डै ५२ लाख राजस्व संकलन
सुजल डेरीको ‘डिलाइट डेरी प्राइड’ इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर बजारमा
सुन्तला उत्पादनबाट स्याङ्जामा एक अर्ब ३२ करोड बढी आम्दानी
फोहोरबाट मोहर कमाउँदै भीरकोट
स्याङ्जाको रोयल सहकारीको ३४ लाख नाफा, आगामी वर्ष डेढ करोड मुनाफाको लक्ष्य
पोखरामा खुल्यो बिवाईडीको नयाँ शोरूम, एसयूभी सिलायन-७ लञ्च
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो