गत वर्ष माघ १ गते पोखरामा भएको यति एयरलाइन्स विमान दुर्घटनामा निधन हुनुभएका पोखराका पत्रकारद्धय त्रिभुवन पौडेल र अनिल शाहीको सम्झनामा ‘स्मृति दर्पण’ प्रकाशन गरिएको छ ।
प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले प्रकाशन गरेको स्मृति ग्रन्थ पुस्तकको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विमोचन गरेका हुन् । प्रेस सेन्टरको विरगञ्जमा सम्पन्न २० औँ स्थापना दिवस समारोहका अवसरमा सोमबार स्मृति दर्पण विमोचन गरिएको हो ।
पुस्तकमा स्व. पत्रकारद्धयको जिवनी, विभिन्न पत्रकार तथा पत्रकार सम्वद्ध संघ संस्थाका अध्यक्ष तथा सञ्चारकर्मीहरुले उनीहरुसँगको सहकार्यलाई किताबमा उल्लेख गरेका छन् ।

स्मारिकामा गण्डकी प्रदेश क्षेत्रमा विभिन्न समयमा ज्यान गुमाउनुभएका पत्रकारहरुको पनि सङ्क्षिप्त परिचय समेटिएको छ । प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव एवं गण्डकीका इन्चार्ज दीपक श्रेष्ठले दुर्घटनामा गुमाएका पौडेल र शाहिको सम्झना र सम्मानमा स्मृति ग्रन्थ प्रकाशन गरिएको बताए ।
प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष समेत रहेका स्व. पौडेल नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य समेत थिए । उनीगण्डकी प्रदेश समितिको संस्थापक अध्यक्ष तथा कास्की शाखामा तीन कार्यकाल पदाधिकारीमा रहेर काम गरेका थिए ।
महासङ्घ प्रदेश समितिले पौडेलको स्मृतिमा रु १० लाखको अक्षयकोष स्थापनाको तयारी गरेको छ । कोषमा पत्रकार, विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरुबाट रकम जम्मा भइरहेको बताइन्छ ।
यसैगरी, प्रदेश समितिका अध्यक्षको कार्यकक्षलाई ‘त्रिभुवन स्मृति कक्ष’ नामकरण गरिएको छ । पौडेल अध्यक्ष रहेका समयमा प्रदेश समितिको कार्यालय निर्माण गरिएको थियो ।
उक्त अवसरमा प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडीलाई सम्मान गरिएको छ । राससमा आबद्ध दवाडीलाई क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो । प्रधानमन्त्री प्रचण्डले उनलाई नगदसहित सम्मान गरे ।

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु