धादिङमा एसईईको ग्रेड वृद्धि परीक्षामा अरुको नाममा परीक्षा दिइरहेका परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
सदरमुकाम धादिङवेशीस्थित नीलकण्ठ माध्यामिक विद्यालय परीक्षा केन्द्रबाट अर्काको परीक्षा दिइरहेका विक्रम गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । दुवै परीक्षार्थी गल्छी गाउँपालिकास्थित जनकल्याण माध्यामिक विद्यालयका हुन् ।
शनिबार विज्ञान विषयको परीक्षामा सहभागी हुनुपर्ने ०२६१४२३‘एस’ सिम्बोल नम्बरका मिलन घिमिरेको सट्टामा परीक्षा दिइरहेका ०२६१४०३‘वाइ’ सिम्वोल नम्वरका विक्रम गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख डम्बर बहादुर विकले जानकारी दिए ।
दुवैले शुक्रबार गणित विषयको परीक्षा दिएका थिए । शनिबार परेको विज्ञान विषयको परीक्षा दिनका लागि आफू बिरामी परेकाले साथीलाई दिन पठाएको सक्कली परीक्षार्थी मिलन घिमिरेले बताए ।
दुवै जनालाई जिल्ला प्रहरी कार्यलय धादिङले हिरासतमा राखेको छ । केन्द्राध्यक्ष निर्देशिका अनुसार आफ्नो सट्टामा अरुले नै परीक्षा दिइएको खण्डमा सक्कली परीक्षार्थीलाई तत्काल परीक्षाबाट निलम्बन गरी अधिकतम २ वर्षसम्म कुनैपनि परीक्षामा सहभागी हुन नपाउने गरी दण्डित गर्न परीक्षा नियन्त्रण कार्यलयमा सिफारिस गर्नुपर्ने नियम उल्लेख छ । नक्कली परीक्षार्थीको हकमा भने जिल्ला प्रहरी कार्यलय धादिङले सार्वजनिक अपराध अन्तरगत कारवाही प्रक्रिया अघि बढाउने बताएको छ ।
तस्विरः मनीष दुवाडी
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’