धादिङमा एसईईको ग्रेड वृद्धि परीक्षामा अरुको नाममा परीक्षा दिइरहेका परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
सदरमुकाम धादिङवेशीस्थित नीलकण्ठ माध्यामिक विद्यालय परीक्षा केन्द्रबाट अर्काको परीक्षा दिइरहेका विक्रम गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । दुवै परीक्षार्थी गल्छी गाउँपालिकास्थित जनकल्याण माध्यामिक विद्यालयका हुन् ।
शनिबार विज्ञान विषयको परीक्षामा सहभागी हुनुपर्ने ०२६१४२३‘एस’ सिम्बोल नम्बरका मिलन घिमिरेको सट्टामा परीक्षा दिइरहेका ०२६१४०३‘वाइ’ सिम्वोल नम्वरका विक्रम गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख डम्बर बहादुर विकले जानकारी दिए ।
दुवैले शुक्रबार गणित विषयको परीक्षा दिएका थिए । शनिबार परेको विज्ञान विषयको परीक्षा दिनका लागि आफू बिरामी परेकाले साथीलाई दिन पठाएको सक्कली परीक्षार्थी मिलन घिमिरेले बताए ।
दुवै जनालाई जिल्ला प्रहरी कार्यलय धादिङले हिरासतमा राखेको छ । केन्द्राध्यक्ष निर्देशिका अनुसार आफ्नो सट्टामा अरुले नै परीक्षा दिइएको खण्डमा सक्कली परीक्षार्थीलाई तत्काल परीक्षाबाट निलम्बन गरी अधिकतम २ वर्षसम्म कुनैपनि परीक्षामा सहभागी हुन नपाउने गरी दण्डित गर्न परीक्षा नियन्त्रण कार्यलयमा सिफारिस गर्नुपर्ने नियम उल्लेख छ । नक्कली परीक्षार्थीको हकमा भने जिल्ला प्रहरी कार्यलय धादिङले सार्वजनिक अपराध अन्तरगत कारवाही प्रक्रिया अघि बढाउने बताएको छ ।
तस्विरः मनीष दुवाडी
सम्बन्धित खबर
‘बाढीमा बेपत्ता भएकालाई मृत घोषणा गर्न १२ वर्ष कुर्न हुँदैन, निर्णय होस्’
देउवालाई गगनको व्यंग्य– वडा अधिवेशनको उद्घाटन गर्न आइदिनुस्
पूर्वाधारमन्त्री सुनिल लम्सालको सचिवालय ३९ सदस्यीय ! फेरि थपियो विज्ञ सल्लाहकार
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
मौलापुरकी मेयरले बालेनलाई भनिन्: टुकुचामा गाडिदिने भन्नुहुन्थ्यो, क-कसलाई लालबकैयामा गाड्नुपर्ने हो, सल्लाह पाऊँ
कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा