कांग्रेस निकट तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्दै सरकारले नयाँ नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेशका कांग्रेस निकट प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिको लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
नयाँ प्रमुखमा मधेसका लागि सुमित्रा भण्डारी, गण्डकीका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमका नजिर मियाँ सिफारिस भएका छन् ।
यसअघि मधेश प्रदेशको प्रमुखमा हरिशंकर मिश्र, गण्डकीका प्रमुखमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका प्रमुखमा देवराज जोशी थिए। उनीहरू तिनै जना तत्कालीन सत्ता साझेदार दल कांग्रेससँग निकटताका आधारमा नियुक्त भएका थिए।
प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले प्रदेश र केन्द्र सरकारबीच समन्वय जरुरी हुने भएकाले पदमुक्त र नयाँ नियुक्तिको निर्णय लिइएको बताइन्। ‘राजनीतिक रुपमा सहज होस्। प्रदेश र केन्द्रबीचको राजनीतिक दृष्टिकोण समान बनोस् भन्ने उद्देश्यले यो गरिएको हो’, उनले भनिन्।
कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखलाई यथावत् राखिएको छ ।
नयाँ नियुक्तिका लागि सिफारिस गरिएका प्रदेश प्रमुखहरू तीनैजना नेकपा एमालेका हुन् । भट्ट डोटीका पुराना नेता हुन् र उनी नेकपा एमालेका सल्लाहकार परिषद सदस्य छन् । उनी राष्ट्रियसभाको अघिल्लो निर्वाचनमा उम्मेदवार बनेका थिए । हाल डिल्लीराज भट्ट धनगढी बस्दै आएका छन् ।
झापाकी सुमित्रा भण्डारी केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला डेनमार्कको लागि राजदूत सिफारिस भएर पनि सरकार ढलेपछि नियुक्ति नपाएकी महिला नेता हुन् ।
प्राध्यापक पेशाबाट अवकाश पाएकी भण्डारी एमाले निकट अखिल नेपाल महिला संघकी नेतृ हुन् । अर्घाखाँचीका नजिर मिया नेकपा एमालेका केन्द्रीय सल्लाहकार तथा संविधानसभा सदस्य हुन् । उनी नेपाल मुस्लिम इत्तेहाद संगठनका पूर्वअध्यक्ष हुन् ।
सम्बन्धित खबर
‘रास्वपाको पतन उदय जत्तिकै छिटो हुन्छ’ – एमाले महासचिव पोखरेल
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रुपमा ग्रहण गर्नु नै गुरूप्रतिको सम्मान हो: प्रदेश प्रमुख भट्ट
संकटको बेला सरकारले नै सर्वदलीय बैठक बोलाउनुपर्थ्यो : शंकर पोखरेल
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा