किरण श्रेष्ठ, तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर ३ खुल्ला मैदान दमौलीमा व्यास नगरपालिकाको आर्थिक सहयोगमा रोटे पिङ र लिङ्गे पिङ बनाइएको छ । व्यास नगरपालिकाको १ लाख ५० हजार आर्थिक सहयोगमा अनसन चाैतारि नजिकैको खुल्ला मैदानमा उक्त पिङ राखिएको हो ।
२ वटा लिङ्गे पिङ र एउटा ८ पिर्के रोटे पिङ राखिएको हो । रोटे पिङमा एकैचोटी ८ जनासम्म सामुहिक रुपमा खेल्न सकिन्छ । रोटे पिङ बनाउँदा निकै मिहनेत पर्ने, काठ जुटाउनु पर्छ । काठ किनेर पिङ बनाउँदा १ लाख ३० हजार रुपैयाँको हाराहारीमा खर्च भएको व्यास नगरपालिकाका कुमार कन्चन जिसीले बताए ।
नगरपालिकाको आर्थिक सहयोग र तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको सक्रियतामा उक्त पिङ हालिएको इकाईका सभापति राजकुमार श्रेष्ठ राकुले बताए । ‘हाम्रो मौलिक रोटे पिङ र लिङ्गे पिङ हेरेर मेशिनबाट चल्ने फलामका ठुला–ठुला पिङ बनाए तर हामीले समय सुहाउँदो बनाउन नसक्दा मौलिक परम्परा जर्गेना हुन नसकेको तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति राजकुमार श्रेष्ठ राकुले बताए । त्यसैले नगरपालिकाको २० हजार आर्थिक सहयोगमा लिङ्गे पिङ बनाएको उनले जानकारी दिए ।
दशैंको अवसरमा पिङ तीन प्रकारका देख्न पाइन्छन् । पहिलो हो-लिंगे पिङ, दोस्रो रोटे पिङ र तेस्रो, घरघरमा केटाकेटीका लागि बनाइएका स-साना पिङ खेल्ने ठाउँहरु । जे भए पनि दशैंमा पिङको धेरै नै महत्व छ ।

केटाकेटीहरु रमाइलोका लागि पिङमा झुत्तिन्छन् । बूढापाकाहरुले पनि टीकाको दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक पिङ खेल्नुपर्छ भन्ने मान्यता छ ।

दशैँतिहारमा अनिवार्य जस्तै बनेको पिङ हाल्ने चलन पछिल्लो समय लोप हुँदै गएको छ । जिल्लाका हरेक गाउँ बस्तीका टोलटोलमा हालिने र खेलिने पिङ लोप हुँदै गएको हो । “वर्षमा १ दिन धर्ती छाड्नुपर्छ” भन्ने मान्यताका साथ पिङ हाल्ने र दशैँमा पिङ खेल्ने चलन विगतमा थियो । हिजोआज भने आधुनिक जीवनशैलीसँगै नेपालमा यस्ता संस्कृति विस्तारै हराउँदै गएका छन् ।
संस्कृतिकै रुपमा विकास भएका पिङको संरक्षणका लागि स्थानीय संस्था तथा व्यक्तिले चासो नदेखाएको स्थानीयवासी बताउँछन् । पिङ किशोर, युवादेखि वयस्कसम्म सबै उमेरका मानिसको रुचिको विषय हो । विगतमा रोटे पिङलाई दशैंमा महत्वका साथ लिने गरिन्थ्यो । रोटे पिङमा सामुहिक भावना जोडिएको हुन्छ ।

रोटे पिङ बनाउँदा, खेल्दा, खेलाउँदा समुहमै काम हुन्छ । एक्लो व्यक्तिले नत रोटे पिङ बनाउन सक्छ, नत, खेलाउन सक्छ । दशैंमा वातावरण यसै पनि रमाइलो हुन्छ ।

कामका लागि बाहिर गएका व्यक्ति दशैंको अवसरमा घर पुग्ने चलन छ । दशैंमा रमाईलो गर्ने, पिङ खेल्ने, मिठो परिकार खाने परम्परा छ । तर समय र परिस्थितीले दशैंका कतिपय यस्ता विशेषता हराउन थालेको छ ।

फोटो : विकास खनाल र प्रकाशचन्द्र भट्टराई
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा