वालिङमा लागूऔषधसहित युवक पक्राउ

वालिङमा लागूऔषधसहित युवक पक्राउ

seized-drugs-pic-in-waling

सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको वालिङ नगरपालिका–६ मिर्दीमा शंकास्पद अवस्थामा हिँडिरहेका एक युवकलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो करिब वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष अप्रेसन टोलीले चेकजाँच गर्ने क्रममा उनको शरीरमा लुकाइछिपाइ राखिएको अवस्थामा विभिन्न लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिए ।

पक्राउ पर्नेमा वालिङ नगरपालिका–८ बस्ने २३ वर्षीय नरेन्द्र रनपाल रहेका छन् । उनको साथबाट बुप्रेनोर्फिन इन्जेक्सन आईपी ११ एम्पुल, प्रोमेथोजाइन हाइड्रोक्लोराइड आईपी फेनेरगन ११ एम्पुल, डाइजेपाम इन्जेक्सन आईपी ११ एम्पुल, सिरिन्ज ३ थान र मोबाइल १ थान बरामद भएको प्रहरीले जनाएको छ ।

डिएसपी चौधरीका अनुसार पक्राउ परेका रनपालविरुद्ध लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको छ । रनपाललाई आइतबार स्याङ्जा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ