यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी स्याङजामा अन्तिम चरणमा पुगेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालयले सुरक्षा तथा व्यवस्थापनका सबै तयारी पूरा गरेको जनाएको छ ।
प्रशासनका अनुसार उम्मेदवार, मतदाता, मतदान कर्मचारी र मतदान सामाग्रीको सुरक्षा सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाइएको छ । प्रचलित कानून र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन जिल्लामा क्रियाशील राजनीतिक दल, उम्मेदवार, कर्मचारी, मतदाता, निजी तथा गैरसरकारी क्षेत्र, सञ्चारकर्मी र नागरिक समाजलाई सहयोगका लागि अनुरोध गरिएको छ ।
यसैबीच, पहाडी जिल्लामा निर्वाचनको पूर्वसन्ध्यामा पर्ने फागुन १८ गते फागु पूर्णिमा (होली पर्व) परेको छ । प्रशासनले होलीको अवसरमा सम्पूर्ण स्याङजाबासीमा शुभकामना व्यक्त गर्दै परम्परा र संस्कृतिअनुसार मर्यादित तथा अनुशासित रूपमा पर्व मनाउन आग्रह गरेको छ ।
कसैको इच्छा विपरीत रंग लगाउने, मादक पदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला गर्ने, झैझगडा वा भिडभाडजन्य गतिविधि गर्ने जस्ता कार्य नगर्न प्रशासनले चेतावनी दिएको छ । साथै धार्मिक तथा राजनीतिक सद्भावमा असर पर्ने कुनै पनि गतिविधि नगर्न र आसन्न निर्वाचनको वातावरणमा खलल नपुर्याउन सबैलाई सचेत गराइएको सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले बताए ।
होलीको समयमा निर्वाचन प्रचारप्रसार कार्यक्रम सञ्चालन गर्दा पनि सद्भाव कायम रहने गरी कार्यक्रम गर्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई प्रशासनले विशेष आग्रह गरेको छ ।
उल्लेखित विषय तथा प्रचलित कानूनको उल्लंघन भएको पाइएमा कानून बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु