प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत फागुन २१ गते हुने मतदानलाई लक्षित गर्दै आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । मतदानको दिनभन्दा ४८ घण्टा अघिदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म लागू हुने मौन अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न प्रशासनले सबै सरोकारवालालाई आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले सूचना जारी गर्दै मौन अवधिमा कुनै पनि प्रकारको निर्वाचन प्रचार–प्रसार, सभा, सम्मेलन, अन्तरक्रिया, कार्यशाला तथा गोष्ठी गर्न नपाइने स्पष्ट पारेका छन् ।
सूचनाअनुसार फागुन १८ गते अर्थात् आज राति १२ बजेदेखि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री अनिवार्य रूपमा हटाउनुपर्नेछ । यस अवधिमा कुनै पनि विधि वा माध्यमबाट मत माग्न र प्रचार–प्रसार गर्न पूर्ण प्रतिबन्ध रहनेछ ।
त्यस्तै, आर्टिफिसियल इन्टिलिजेन्स (एआई) प्रयोग गरी वा नगरी सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य माध्यमबाट कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट, सेयर वा प्रतिक्रिया दिनसमेत रोक लगाइएको छ ।
प्रशासनले कुनै पनि राजनीतिक दल, उम्मेदवार वा उनका प्रतिनिधिबाट दान, उपहार वा आर्थिक सहयोग लिन नहुने जनाएको छ । साथै निर्वाचन आचारसंहिता, २०८२ ले निषेध गरेका सबै गतिविधि मौन अवधिमा पूर्ण रूपमा बन्द रहने स्पष्ट गरिएको छ ।
प्रशासनले आचारसंहिताको उल्लंघन गर्ने जो–कोहीमाथि कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु