स्याङ्जाको बिरुवा गाउँपालिकामा आयोजित नवौँ अध्यक्ष कप अन्तर्गत पुरुष भलिबलतर्फ वडा नं–६ विजेता बनेको छ । स्थानीय खेलकुद विकास समितिको आयोजना तथा बिरुवा गाउँपालिकाको सहआयोजनामा भएको प्रतियोगितामा फाइनल खेलमा वडा नं–४ लाई सिधा सेटमा हराउँदै वडा नं–६ ले उपाधि हात पारेको हो ।
उपाधिसँगै वडा नं–६ ले ८० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता वडा नं–४ ले ५५ हजार रुपैयाँमा, तेस्रो स्थानमा रहेको वडा नं–७ ले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
महिला भलिबलतर्फ भने वडा नं–७ पहिलो बनेको छ । वडा नं–४ दोस्रो हुँदा वडा नं–२ तेस्रो स्थानमा रह्यो । उनीहरूले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाए ।
प्रतियोगिताअन्तर्गत पुरुष भलिबलको भेट्रान्सतर्फ वडा नं–८ विजेता र वडा नं–२ उपविजेता बनेका छन् । उनीहरूले क्रमशः १५ हजार र १० हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै, पुरुष व्याडमिन्टनमा वडा नं–२ पहिलो, वडा नं–७ दोस्रो र तेस्रो स्थान वडा नं–४ र वडा नं–७ को अर्को टोलीले हात पार्यो । उनीहरूले क्रमशः १२ हजार, ८ हजार र ४ हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
महिला व्याडमिन्टनमा वडा नं–१ ले पहिलो र वडा नं–८ दोस्रो हुँदा वडा नं–७ र वडा नं–८ को अर्को टोली तेस्रो बने । उनीहरूले क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
पुरुष सटफुटतर्फ वडा नं–६ का दुजिक थापा उत्कृष्ट बन्दै प्रथम, वडा नं–४ का सहवीर थापा द्वितीय र वडा नं–६ कै ईश्वर थापा तृतीय बनेका छन् । उनीहरूले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाए ।
वैशाख ११ गतेदेखि सुरु भएको प्रतियोगिताका विजेता खेलाडी तथा टोलीलाई गण्डकी प्रदेश सभा सदस्य सुधीरकुमार पौडेलले पुरस्कार वितरण गरेका थिए ।
गाउँपालिकाले खेलकुदमार्फत आपसी एकता, स्वास्थ्य र प्रतिभा विकासमा टेवा पुर्याउने उद्देश्यले अध्यक्ष कपलाई निरन्तरता दिएको जनाएको छ ।
सम्बन्धित खबर
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते