नेपाली सिनेमाले विस्तारै बिश्व बजारमा प्रतिनिधित्व जनाउँदै जाँदा यसले राम्रो संकेत दिएको विषयमा चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा चौथो संस्करणको सिनेमा संवादअन्तर्गत विभिन्न सेसनमा घनीभूत छलफल भयो ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा ८, ल्वाङमा शनिबार पहिलो सेसनमा ‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’ विषयमा अभिनेत्री बेनिशा हमाल र लेखक, निर्देशक एवं निर्माता सामिप्यराज तिमिल्सिनासँग सञ्चारकर्मी बिमला थापाले भलाकुसारी गरिन् ।
संवादका क्रममा नेपाली सिनेमाको बजार बिस्तारै ग्लोबल मार्केटमा पुगिसकेको र यसको अब विकास र बिस्तार आवश्यक रहेकोबारे चर्चा भयो । सहजकर्ता थापाले नेपाली फिल्म ग्लोबलमा मार्केटमा कहिले छिर्छ भन्ने जिज्ञासामा चलचित्र समीक्षकसमेत रहेका तिमिल्सिनाले भने, ‘ग्लोबल मार्केटमा हामीहरु छिरिसक्यौं, अब कति हल्ला मच्याउने भन्ने बाँकी छ ।’
मीन भाम निर्देशिक नेपाली फिल्म ‘शाम्बाला’ अघिल्लो वर्ष बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलको इतिहासमै नयाँ कीर्तिमान कायम गर्न सफल भएको थियो । कान्स फिल्म फेस्टिभलमा समेत नेपालले सहभागिता जनाइसकेको छ । जबकि ठूलो उद्योग मानिएको भारतले समेत नेपालजस्तो एचिभ गर्न नसकेको तिमिल्सिनाको भनाइ थियो । उनले बाँकी धेरै उद्योगको तुलनामा नेपाली फिल्म उद्योग ग्लोबल मार्केटमा पुगेको चर्चा गरे ।
उनका अनुसार ‘उनको स्वीटर’ले अष्ट्रेलिया, न्यूजिल्याण्ड, युएईको मार्केटबाट मात्रै ६ करोडको ब्यापार गरेको छ । ‘जेरी एण्ड टप’ले अष्ट्रेलियाबाट साढे ३ करोडको व्यापार गरेको छ । यी दुई फिल्मले भारतीयको मार्केटमा पनि ३ करोडको जति बिजनेस गरिसकेका छन् ।
अभिनेत्री बेनिशा हमालले फिल्म करियरको सुरुआति समयमा विदेश घुम्दा बल्र्ड सिनेमा कस्तो हुँदोरहेछ भन्ने बुझ्ने मौका मिलेको स्मरण गरिन् । करिब १० वर्षअघि ‘कालोपोथी’ फिल्मको हिस्सा भएका कारण टोकियो र सिंगापुरमा भएका फिल्म फेस्टिभलमा जाँदा आफू एक्सपोजर हुने मौका मिलेको पनि बताइन् । उनले भनिन्, ‘विगतमा धेरै कुरा थाहा थिइन । बल्र्ड सिनेमा कस्तो हुन्छ भन्ने पनि थाहा थिएन । त्यहाँ नजिकबाट धेरै सिनेमा हेर्न पाइयो ।’
एक अर्को प्रसंगमा नेपाली फिल्मको कथा बलियो छ भने पैसा नहुँदैमा खुम्चिनुपर्ने अवस्था नभएको वक्ताहरुले बताए । तिमिल्सिनाले भने, ‘कथा राम्रो भयो भने अहिले पैसा छैन भनेर खुम्चिएर बस्नुपर्ने छैन । पैसा हाल्नका लागि दुनियाँ तयार छ ।’ पोखराको लामाचौरमा सुटिङ भएको उनको ‘एकमुठ्ठी बादल’ को कलरको काम थाइल्याण्डमा भइरहेको छ । साउण्डको काम भारतमा भएको जनाए ।
ग्लोबल मार्केटका लागि कुनै फेस्टिभलमा फिल्म छानियो भने त्यो फिल्म किन्न विदेशका वितरक इच्छुक हुन्छन् । ओटिटी राइट पनि किन्ने गरेको उनले सुनाए ।
संवादका क्रममा नेपाली फिल्म ज्यादै प्रयोग भएको समय अहिले भएको बताइयो । तिमिल्सिनाले भने, ‘नेपाली फिल्म ज्यादै एक्सपेरिमेन्ट भएको समय नै अहिले हो । रोनाधोना मात्रखालका फिल्म छैनन् ।’ उनका अनुसार गत वर्ष पाँच दर्जन जति फिल्म रिलिज भए । निकै रोचकखालका फिल्म पनि बने । तर तिनीहरुमध्ये केहीले बक्स अफिसमा त्यो लेभलमा प्रुफ गर्न सकेनन् ।
अभिनेत्री बेनिशाले पनि हामीसँग कथाको कमी नभएको उल्लेख गरिन् । नेटफिक्ल्स, ओटिटीमा समेत नेपाली फिल्म लैजान सरोकारवाला निकायले पनि अझ पहल गर्नुपर्नेमा संवादमा विषय उठान भएको थियो ।
सम्बन्धित खबर
ल्वाङमा सिनेमा संवादः द्वन्द्व, कन्टेन्ट क्रिएसन, नयाँ पुस्तादेखि ग्लोबल मार्केटसम्मका कुरा
सिनेमा संवादका लागि सेलिब्रिटी ल्वाङमा
कृषि लगानीमा लघुवित्त प्रभावकारी, जीवनस्तरमा सकारात्मक परिवर्तन
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’