कास्कीको रुपा गाउँपालिकामा आफ्नै बुबाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ३४ वर्षीय छोरा भीमबहादुर भुजेललाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।
बुबा ६२ वर्षीय रामबहादुर भुजेलको हत्या गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका कास्कीका डीएसपी हरिबहादुर बस्नेतले बताए । गत १७ वैशाखमा उनले रामबहादुरलाई घाँटीमा गलबन्दीले थिचेर घाइते बनाइ फरार भएका थिए ।
प्रहरीका अनुसार घाँटीमा गलबन्दी बेरिएको र नाकबाट रगत बगेको अवस्थामा भुजेल आफ्नै घरमा अचेत अवस्थामा फेला परेका थिए । उद्धार गरी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार गत वैशाख १७ गते बागेडाँडास्थित साँझ पौने ७ बजेको समयमा भुजेलका बाबु राम बहादुर घर्ती अचेत अवस्थामा भेटिएका थिए । उनको घाँटीमा गलबन्दी बेरिएको र नाकबाट रगत बगेको सूचनाका आधारमा पुगेको इलाका प्रहरी कार्यालय शिशुवा कास्कीको टोलीले प्रारम्भिक अनुसन्धान गरेको थियो ।
। हत्या गर्नुको कारण भने राती देखेको सपना रहेको प्रहरी समक्ष उनले बयान दिएका छन् । सपनामा कि बुबाले छोरा मार्नुपर्ने कि छोराले बुबा मार्नुपर्ने भनेको देखेपछि आफूले नै बुवाको हत्या गरिदिएको प्रारम्भिक बयान दिएको बस्नेतले सुनाए ।
‘प्रारम्भिक अनुसन्धानमा उनले त्यहि बताएका छन् । तर, घटनाबारेमा हामी अनुसन्धान गर्दै छौं । उनी मानसिक रोगि हुन वा होइनन् भन्ने पनि हामीले जाँच गर्दैछौं’ उनले भने, ‘घटनाको प्रारम्भिक कुरा यिनै हुन ।
प्रहरी पुग्दा मृत भेटिएका भुजेलको शवलाई पोस्टमार्टमको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाइएको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको घाँटीमा गलबन्दीको फन्का बेरिएको, नाकबाट रगत बगेको र कोठाको ढोका खुल्लै रहेको पाइएको थियो । सोही आधारमा उनको मृत्यु कर्तव्यबाट भएको हुनसक्ने निष्कर्ष प्रहरीले निकालेको थियो । प्रतिवादीको खोजतलास गर्दै जाँदा घटनामा संलग्न भुजेलकै कान्छा छोरा वैशाख १८ गते पोखरा महानगरपालिका–११ हस्पिटल चोकबाट पक्राउ परेका थिए ।
पक्राउ परेका भुजेललाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धी कसुर अन्तर्गत दफा १७७ को कर्तव्य ज्यान सम्बन्धी मुद्दामा दिन १० म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले बताएको छ ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन