सिनेमा संवादका लागि सेलिब्रिटीहरु कास्कीको पर्यटकीय गाउँ ल्वाङमा छन् ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा ल्वाङमा दुई दिने सिनेमा संवाद कार्यक्रम आयोजना गरिएको हो । संवाद अन्तरगत शुक्रबार सिनेमा साँझ उल्लासमय रुपमा सम्पन्न भएको छ ।
सिनेमाका कलाकार, पत्रकार, ल्वाङवासीको उल्लेखनीय उपस्थितिमा पहिलोपटक ल्वाङमा सिनेमा साँझ गरिएको हो ।
पोखरेली ब्याण्डको विशेष प्रस्तुति रहेको उक्त साँझमा स्थानीय आमा समूहले समेत नृत्य पस्केका थिए ।

पोखरेली ब्याण्डका तर्फबाट गायक सन्तोष बस्याल, गायिका प्रिया गुरूङका आधा दर्जन गीत प्रस्तुतिमा दर्शकले छमछमी नाचेर साथ दिए । उनीहरूले सिनेमाका पुराना तथा सदाबहार गीत गाएर दर्शकलाई विगतमा फर्काउने कोसिस गरे ।
आयोजक चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष समेत रहेका सन्तोषले एकल स्वरमा के भन्ने हाम्रो समय…. बादल जस्तै उडि गयो……, गीत गाउँदा अभिनेता निखिल उप्रेतीले उनलाई नाचेर साथ दिएका थिए ।
यस्तै, प्रियाले गैरीखेतको शिरै हान्यो…र तीनपाते डाँडा काटेर……जस्ता कालजयी गीत निकै सुरिलो स्वरमा गाइन् । साथै, युगल स्वरमा चट्ट रूमाल क्या मालुम…, मायाको बारीमा प्रीतिको फूल……, तिर्खा लाग्यो नीरमाया……, कान्छी हे कान्छी….., मोहनी लाग्ला है….., न्याउली वनैमा……गीत गाएका हुन् ।
सिनेमाको विगत, वर्तमान र भविष्य लगायत विभिन्न पक्षमा रहेर कलाकार, विज्ञ, सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गर्न संघले चौथो संस्करणको रूपमा ल्वाङमा सिनेमा संवाद लगेको हो । यसअघि कास्कीकै अर्को पर्यटकीय गाउँ घान्द्रुक, सिक्केस र लमजुङको घलेगाउँमा यसप्रकारको कार्यक्रम भइसकेको संघ अध्यक्ष बस्यालले बताए ।

कार्यक्रम विभाग प्रमुख राकेश गुरूङको संयोजनमा भएको कार्यक्रमको दोस्रो दिन शनिबार विभिन्न चार सेसनमा सिनेमा संवाद भइरहेको छ । सिनेमा साँझको संचालन संघका सचिव सुरेश सुनारले गरेका थिए ।
कार्यक्रममा अभिनेता निखिल उप्रेती, अभिनेत्री बेनिशा हमाल, सनिशा भट्टराई, कन्टेन्ट क्रिएटर ईष्टु कार्की लगायतका सेलिब्रेटी सहभागी छन् ।
यसपटक ‘नयाँ पुस्ता र नेपाली सिनेमा’, ‘सिनेमामा द्वन्द्व’, ‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’ र ‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’ जस्ता विषयमा बहस हुँदैछ ।

‘नयाँ पुस्ता र नेपाली सिनेमा’ बारे अभिनेत्री आँचल शर्मा, नायक सलोन बस्नेत र नायिका सनिशा भट्टराई वक्ताका रूपमा रहनेछन् भने सहजीकरण चलचित्र पत्रकार उत्सव रसाइलीले गर्नेछन् ।
‘सिनेमामा द्वन्द्व’ विषयमा नायक निखिल उप्रेती र लेखक–निर्देशक मनोज पण्डितले धारणा राख्नेछन् भने संवादकर्ता संजोक बस्याल रहनेछन् ।
साथै, ‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’ मा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, लेखक–निर्माता सामिप्य तिमिल्सिना र नायिका बेनिशा हमाल वक्ताका रुपमा सहभागी हुनेछन् । जसको सहजीकरण संचारकर्मी विमला थापाले गर्नेछिन् ।
‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’ मा प्रकाश सुवेदी, इस्टु कार्की’ र महेश भण्डारी वक्ताका रूपमा रहनेछन् भने सहजकर्ता चलचित्र पत्रकार सन्ध्या थापा हुन् ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु