स्याङ्जाको वालिङमा माओवादी द्वन्द्वकालको सम्झना बोकेको पुरानो प्रहरी भवन हटाएर नयाँ सुविधा सम्पन्न भवन निर्माण सुरु गरिएको छ । तत्कालीन विद्रोही माओवादीले २०५८ साल मङ्सिर ८ गते आक्रमण गरेको भवनमै वर्षौंदेखि सेवा सञ्चालन हुँदै आएको थियो ।
आक्रमणपछि क्षतिग्रस्त बनेको भवनलाई सामान्य मर्मत गरेर प्रहरीले काम चलाउँदै आएको थियो । अहिले भने सोही भवन भत्काएर आधुनिक संरचना निर्माणको काम तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
आगामी असोज ३० गतेभित्र निर्माण सम्पन्न गर्ने गरी रुपन्देहीको सपना सुन्दरी जेभीसँग सम्झौता गरिएको स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । अहिले निर्माण कार्य धमाधम भइरहेको उनले बताए ।
निर्माणाधीन भवन तीन तले हुनेछ । भवनमा कार्यालय प्रमुखको कार्यकक्ष, थुनुवा कक्ष लगायत आवश्यक सेवा सुविधा रहने लेखा अधिकृत प्रदीप गिरीले जानकारी दिए । सङ्घीय सरकारको तीन करोड ७० लाख रुपैयाँ लागतमा भवन निर्माण हुन लागेको हो । प्रारम्भिक डिपिआर भने झण्डै पाँच करोडको तयार पारिएको थियो ।
वडा प्रहरी कार्यालय वालिङ अन्तर्गत वालिङ, भीरकोट, गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिका क्षेत्र पर्दछन् । यस अन्तर्गत १३ वटा प्रहरी कार्यालय तथा युनिट सञ्चालनमा छन् ।
हाल कार्यालयको सेवा केही वर्षअघि निर्माण गरिएको प्रहरी आवास भवनबाट सञ्चालन हुँदै आएको छ । सिद्धार्थ राजमार्गको ठूलो हिस्सा यही कार्यालयको कार्यक्षेत्रमा पर्ने भएकाले सुरक्षा गतिविधि पनि बढी हुने गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते