स्याङ्जाको पुतलीबजार नगरपालिकाका सब–इन्जिनियर समित जिरेलमाथि कार्यकक्षमै प्रवेश गरेर कुटपिट गरिएको घटनाले नगरपालिका तरंगित बनेको छ । नगरपालिकाका अनुसार वडा नं. ३ का बाबुराम शर्माले कार्यालयमै पुगेर जिरेलमाथि हातपात तथा अभद्र व्यवहार गरेका हुन् ।
नगरपालिकाका अनुसार प्रदेश र संघीय सरकारमा योजना माग्ने तयारीका क्रममा इस्टिमेट बनाउन आग्रह गर्दै आएका शर्माले सोही विषयलाई लिएर विवाद सिर्जना गरेका थिए । विवाद चर्किएपछि उनले कार्यकक्षमै प्रवेश गरेर जिरेलमाथि कुटपिट गरेको बताइएको छ ।
घटनापछि नगरपालिकाले प्रहरीमा उजुरी दिएको थियो । उजुरीका आधारमा प्रहरीले शर्मालाई पक्राउ गरी अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक अमृत त्रिपाठीले जानकारी दिए ।
घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पुतलीबजार नगरपालिकाले प्रेस विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा नियमित कार्यालयको काममा खटिएका कर्मचारीमाथि कार्यकक्षमै प्रवेश गरी गरिएको कुटपिट र अभद्र व्यवहार निन्दनीय भएको उल्लेख गरिएको छ ।
नगरपालिकाले कर्मचारीको कार्यविवरणभन्दा बाहिरको विषयलाई लिएर घटना भएको दाबी गर्दै सार्वजनिक सेवा प्रवाह गर्ने सरकारी कार्यालयभित्रै राष्ट्रसेवक कर्मचारीमाथि गरिएको हिंसात्मक तथा अराजक गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेको छ ।
यस्ता घटनाले कर्मचारीको मनोबल कमजोर बनाउने मात्र नभई कार्यालयको सुरक्षित, मर्यादित र शान्त वातावरणमा समेत प्रत्यक्ष असर पर्ने नगरपालिकाको भनाइ छ । साथै घटनामा संलग्नमाथि कानुनअनुसार कडा कारबाही गर्न समेत माग गरिएको छ ।
सम्बन्धित खबर
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते