‘मुन लाइट ग्रुप’ चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर आमनेसामने हुँदैछन् । खेल शनिबार बिहान ११ बजे चापाकोट नगरपालिका–९ स्थित गंगालाल माध्यमिक विद्यालयको खेलमैदानमा हुने भएको हो ।
चापाकोट नगर क्रिकेट संघका अध्यक्ष प्रेम नारायण रेग्मीका अनुसार फाइनल खेलको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगितामा सुरुदेखि उत्कृष्ट प्रदर्शन गरेको गण्डकी फायर अपराजित रहँदै फाइनल पुगेको हो । उसले लिग चरणका चारै खेल जितेको थियो ।
यता, साँखर वरियरले सेमिफाइनलमा कुवाकोट युथ स्टारलाई पराजित गर्दै उपाधि यात्रा तय गरेको हो । दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने भएकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
चापाकोट नगर क्रिकेट संघको आयोजनामा तथा चापाकोट नगरपालिकाको संरक्षकत्वमा वैशाख २६ गतेदेखि प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रतियोगितामा ह्वाइट हर्ष, गण्डकी फायर, साँखर वरियर, कुवाकोट युथ स्टार र रोयल आँधीखोला गरी पाँच टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेताले एक लाख १० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ६० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । उत्कृष्ट खेलाडी तथा विभिन्न विधामा पनि पुरस्कार प्रदान गरिने बताइएको छ ।
सम्बन्धित खबर
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते