पहिलो पाइला नेपाल पुतलीबजार शाखाको अध्यक्षमा पवन मरासिनी दोस्रो कार्यकालका लागि पुनः सर्वसम्मत निर्वाचित भएका छन् । शाखाको तेस्रो अधिवेशनबाट मरासिनीको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका –१ स्थित अभियानपथमा रहेको स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको सभाहलमा शनिबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा अशिम भण्डारी, सचिवमा विशाल ढुङ्गाना र कोषाध्यक्षमा साहजद खानलाई चयन गरेको छ ।
त्यस्तै सदस्यहरूमा निरज श्रेष्ठ, समीक्षा मरासिनी, निरज पौडेल, प्रशंसा लम्साल र सन्दिप रोकाहा चयन भएका छन् । पहिलो पाइला नेपालका केन्द्रीय प्रवक्ता विनोद बस्यालको संयोजकत्वमा रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको जनाएको छ ।
अधिवेशनको उद्घाटन पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले पहिलो पाइला नेपालले समाज रूपान्तरण र नेतृत्व विकासमा खेलेको भूमिकाको प्रशंसा गरे । उनले युवाहरूलाई सामाजिक क्षेत्रमा सक्रिय बनाउन संस्थाले महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै पालिकाको तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा पहिलो पाइला नेपालका अध्यक्ष विनोद महत, वरिष्ठ उपाध्यक्ष आयुष पौडेल, आँधीखोला गाउँपालिका वडा नं –१ का अध्यक्ष पवनकाजी अधिकारी, एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेल, शाखा सल्लाहकार मनोज खड्का, पहिलो पाइला नेपालका केन्द्रीय प्रवक्ता विनोद बस्याल तथा पोखरा शाखाकी पुनम शर्मालगायतले समाज रूपान्तरण, नेतृत्व विकास र युवाको भूमिकाबारे धारणा राखेका थिए ।
नवनिर्वाचित अध्यक्ष पवन मरासिनीले सदस्यहरूले पुनः गरेको विश्वासले आफूलाई थप जिम्मेवार बनाएको बताए । उनले आगामी दिनमा शिक्षा, स्वास्थ्य, सामाजिक सचेतना र विपन्न समुदायसँग सम्बन्धित कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाइने बताए । “पहिलो पाइला नेपाललाई युवाको साझा सामाजिक अभियानका रूपमा अगाडि बढाउने हाम्रो प्रयास रहनेछ,” उनले भने ।
सोही अवसरमा शाखाका पूर्व अध्यक्षहरू स्मृति काफ्ले र सन्ध्या लामिछानेलाई सम्मान गरिएको थियो । संस्थालाई सहयोग पुर्याएको भन्दै युवा व्यवसायी ईश्वर पराजुलीलाई पनि सम्मान गरिएको थियो ।
पहिलो पाइला नेपाल विगत एक दशकदेखि सामाजिक क्षेत्रमा सक्रिय संस्थाका रूपमा परिचित छ । संस्थाले विभिन्न सामाजिक अभियान, सहयोग तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सम्बन्धित खबर
पहिलो पाइला नेपाल पुतलीबजार शाखामा मरासिनी पुनः अध्यक्ष
फेदीखोलाका विद्यार्थीले बनाए एआई च्याटबोट, ‘जोया’ बन्यो उत्कृष्ट परियोजना
स्याङ्जाका विद्यार्थीले देखाए विज्ञानप्रतिको रुचि, विद्यालयमै चम्किए नयाँ आविष्कार
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
भीरकोटमा महिलालाई पञ्चेबाजा तालिम, संस्कृतिसँगै रोजगारीको लक्ष्य
स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चित
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
मित्रमिलन सहकारीको ऋण नतिर्ने २६ जना विरुद्ध पक्राउ पुर्जी जारी
मन्त्रालय घटाउने सरकारको निर्णय, कुन मन्त्रालय कहाँ गाभिए?