स्याङ्जामा लागूऔषधसहित चार जना पक्राउ

स्याङ्जामा लागूऔषधसहित चार जना पक्राउ

pic-arrested-sketch.

स्याङ्जाको भीरकोट नगरपालिकामा लागूऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ परेकाबाट ब्राउन सुगरजस्तो देखिने पदार्थसहित विभिन्न लागूऔषध, नगद र मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार सोमबार दिउँसो करिब २ बजेको समयमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनापछि प्रहरीले सञ्चालन गरेको विशेष अप्रेसनमा वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुमबाट खटिएको संयुक्त टोलीले भीरकोट नगरपालिका–२ क्षेत्रमा विशेष निगरानी तथा खोजतलास गरेको थियो ।

सो क्रममा वालिङ नगरपालिका–१० का ३० वर्षीय सुविन राना, अर्जुनचौपारी गाउँपालिका–५ रापाकोटका २७ वर्षीय विशाल गुरुङ, भीरकोट नगरपालिका–२ ओसेकका २२ वर्षीय रोशन महत तथा वालिङ नगरपालिका–४ एलादी घर भई हाल भीरकोट–२ दीपेन्द्र मार्ग बस्दै आएका ३६ वर्षीय युवराज गुरुङलाई नियन्त्रणमा लिइएको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अमृत त्रिपाठीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकाबाट बुप्रेनोर्फिन १५ एम्पुल, फेनरगन १ एम्पुल, डाइजेपाम ८ एम्पुल, ट्रामाडोल ७ क्याप्सुल र ६ ट्याब्लेट बरामद गरिएको छ । त्यसैगरी ब्राउन सुगरजस्तो देखिने खैरो रंगको डल्लो पदार्थ करिब २० ग्राम, तीन थान मोबाइल सेट र नगद ८० हजार ३४५ रुपैयाँ समेत बरामद गरिएको प्रहरी निरीक्षक त्रिपाठीले बताए ।

पक्राउ परेका चारै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको छ । जिल्ला अदालत स्याङ्जाबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

यस घटनाबारे जानकारी दिँदै निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक त्रिपाठीले लागूऔषध नियन्त्रणलाई प्राथमिकतामा राखेर जिल्लाका विभिन्न क्षेत्रमा निगरानी र अप्रेसनलाई निरन्तरता दिइएको बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ