स्याङ्जाको वालिङमा झण्डै २६ वर्षपछि श्याम स्मृति फुटबल प्रतियोगिता पुनः सञ्चालन हुने भएको छ । वालिङ युवा क्लबको आयोजनामा यही जेठ २८ गतेदेखि असार १ गतेसम्म वालिङ नगरपालिका–८ स्थित खेलमैदानमा अन्तर क्लब ११–ए साइड फुटबल प्रतियोगिता सञ्चालन गरिने भएको हो ।
प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ । प्रतियोगितामा स्याङ्जा, पाल्पा र पर्वतका गरी १० टोलीको सहभागिता रहने जनाइएको छ ।
जिल्लाकै पुरानो फुटबल प्रतियोगितामध्ये एक मानिने श्याम स्मृति फुटबल प्रतियोगितालाई पुनः निरन्तरता दिन लागिएको वालिङ युवा क्लबका अध्यक्ष केशरबहादुर थापा (राजन) ले जानकारी दिए । उनका अनुसार स्वर्गीय श्याम थापाको स्मृतिमा सञ्चालन हुँदै आएको प्रतियोगिताले विगतमा वालिङ तथा आसपासका क्षेत्रका खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको थियो ।
नयाँ खेलाडीलाई अवसर प्रदान गर्नुका साथै स्थानीय स्तरमा फुटबल गतिविधिलाई थप सक्रिय बनाउने उद्देश्यले प्रतियोगितालाई पुनः सञ्चालन गरिएको अध्यक्ष थापाले बताए । आगामी दिनमा पनि प्रतिभावान खेलाडी उत्पादनमा प्रतियोगिताले सहयोग पुग्ने विश्वास आयोजकको छ ।
संस्थापक समिति संयोजक एलबी ज्वारचनले खेलकुदमार्फत वालिङको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन र नयाँ प्रतिभालाई प्रोत्साहन गर्न प्रतियोगिताले भूमिका खेल्ने बताए ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब ५ लाख ४८ हजार रुपैयाँ आम्दानी हुने र ५ लाख ३० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगिताबाट बचत हुने रकम ज्येष्ठ नागरिकलाई लक्षित खुला व्यायामशाला निर्माणमा खर्च गर्ने योजना रहेको आर्थिक व्यवस्थापन उपसमिति संयोजक सुरेश श्रेष्ठले जानकारी दिए ।
फुटबल खेलाडी श्याम थापाको वि.सं. २०५१ असार २३ गते वालिङ खेलमैदानमै फुटबल खेलिरहेका बेला चट्याङ लागेर निधन भएको थियो । त्यसपछि उनको स्मृतिमा परिवार र सहयोगीहरूको पहलमा केही वर्ष प्रतियोगिता सञ्चालन भए पनि विभिन्न कारणले निरन्तरता पाउन सकेको थिएन । अहिले २६ वर्षपछि पुनः उनको स्मृतिलाई जीवित राख्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला