कोठामा आफैं आगो लगाउँदा घाइते भएका स्याङ्जाका एक पुरुषको मृत्यु

कोठामा आफैं आगो लगाउँदा घाइते भएका स्याङ्जाका एक पुरुषको मृत्यु

death_fpc

आगलागीबाट घाइते भएर उपचाररत रहेका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ रैतेका एक पुरुषको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार रैतेका ३९ वर्षीय थमबहादुर सार्कीको मृत्यु भएको हो ।

उनले बुधबार दिउँसो आफू सुत्ने कोठामा आफैं आगो लगाएको प्रहरीले जनाएको छ । उक्त आगोमा उनी गम्भीर रूपमा जलेका थिए ।

घटनामा सार्कीको अनुहारलगायत शरीरका विभिन्न भाग जलेको थियो । त्यहाँबाट उद्धार गरेर उनलाई उपचारका लागि प्रदेश अस्पताल पुतलीबजार पठाइएको थियो ।

त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।

प्रहरीका अनुसार उनी सुस्त मनस्थितिका रहेको र दैनिक रूपमा मदिरा सेवन गर्ने गरेको प्रारम्भिक बुझाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ