स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ बारीचौरमा चितुवाले बाख्राको खोरमा पसेर आठ वटा बाख्रा मारेको छ ।
स्थानीय ४२ वर्षीय निमबहादुर थापाको घर नजिकै रहेको खोरमा मंगलबार राति चितुवा पसेर आक्रमण गरेको हो । आक्रमणमा छ वटा बाख्रा मरेका छन् भने दुई वटा बोका चितुवाले उठाएर लगेको प्रहरीले जनाएको छ ।
घटना १६ असारको राति भएको हो । बाख्राको खोरमा चितुवा पसेर क्षति पुर्याएको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको बताउँदै जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले घटनाको पुष्टि गर्दै क्षतिको यकिन विवरण संकलन भइरहेको बताए ।
‘चितुवाले खोरमा पसेर छ वटा बाख्रा मारेको र दुई वटा बोका लगेको भन्ने सूचना आएको छ । प्रहरी टोली घटनास्थलमा पुगेर थप बुझ्ने र आवश्यक विवरण संकलन गर्ने काम गरिरहेको छ,’ उनले भने ।
घटनापछि गाउँबस्ती नजिकै चितुवा देखिन थालेकाले स्थानीय त्रसित बनेका छन् । रातिको समयमा घरबाहिर ननिस्कन र पशुचौपायाको सुरक्षा गर्न उनीहरूले सतर्कता अपनाउन थालेका छन् ।
प्रहरीले वन्यजन्तुबाट भएको क्षतिबारे सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ ।
सम्बन्धित खबर
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते