स्याङ्जाको फेदीखोला गाउँपालिका–२ मा मापदण्डविपरीत निर्दयी ढंगले चौपाया ढुवानी गरिरहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–३२ निवासी ४२ वर्षीय अब्दुल रहीम अन्सारी रहेका छन् । उनी चौपायाका जिम्मेवार धनी रहेको प्रहरीको भनाइ छ ।
प्रहरीले स्याङ्जाको गल्याङबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश नम्बर २–०३००१ ख ६३४१ नम्बरको ट्रकमा २० वटा भैंसी तथा पाडा राखेर पशु ढुवानीसम्बन्धी मापदण्ड उल्लंघन गरेको अवस्थामा फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार असार २५ गते साँझ करिब ६ बजे फेदीखोला गाउँपालिका–२ स्थित सिद्धार्थ राजमार्गमा प्रहरी चौकी फेदीखोलाको टोलीले नियमित सवारी चेकजाँचका क्रममा उक्त ट्रक रोकेको थियो ।
चेकजाँचका क्रममा ट्रकमा रहेका २० वटा भैंसी तथा पाडालाई तोकिएको मापदण्डविपरीत कष्ट हुने गरी ढुवानी गरिएको पाइएपछि ट्रकसहित सबै चौपाया नियन्त्रणमा लिइएको उनले बताए ।
घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका अन्सारीविरुद्ध प्रहरीले पशुपक्षीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । यसका लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट सात दिनको म्याद थप अनुमति प्राप्त भएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक अवस्थीले जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जामा विपद् सूचना दिन नयाँ टोल–फ्री नम्बर ‘१२३४’ सञ्चालनमा
नेपाली सेनाद्वारा नुवाकोटमा २० हजार लिटरको ट्याङ्की निर्माण
स्याङ्जाका पालिकाले लोकल गाई र हल गोरु पाल्नेलाई नगद दिन थाले
मापदण्डविपरीत निर्दयी ढंगले चौपाया ढुवानी गर्ने एक जना पक्राउ
मापदण्डविपरीत चौपाया ढुवानी गर्ने एक जना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोगको आरोपमा अर्जुनचौपारीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
पीसीएमको ‘एनुअल फेस्ट–२०२६’ सम्पन्न, सांगीतिक कार्यक्रमदेखि प्रविधि र उद्यमसम्मको आकर्षण
काठमाडौंमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन