वैदेशिक रोजगारीका लागि कतार पुगेका स्याङ्जालीहरूले जन्मभूमिका बिरामी परिवारको उपचारमा साथ दिएका छन् । स्याङ्जा सहयोग समाज कतारको भीरकोट नगर इकाईले भीरकोट नगरपालिकाका तीन परिवारलाई जनही १५ हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराएको हो ।
स्वास्थ्य उपचारमा आर्थिक अभाव झेलिरहेका परिवारलाई उपचारमा सहयोग पुर्याउने उद्देश्यले क्यान्सर, मिर्गौला र पक्षघातबाट पीडित तीन जना बिरामीका परिवारलाई ४५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको समाजले जनाएको छ ।
सहयोग प्राप्त गर्नेमा भीरकोट–७ का क्यान्सरपीडित विष्णुबहादुर खाम्चा, भीरकोट–३ का मिर्गौलापीडित खेमराज राना र भीरकोट–६ का पक्षघातबाट पीडित लोकबहादुर रोका रहेका छन् । रकम विष्णुबहादुरकी आमा चन्द्रकुमारी खाम्चा, खेमराज राना र लोकबहादुरकी श्रीमती तेजकुमारी रोकालाई हस्तान्तरण गरिएको थियो ।
भीरकोट–७ का वडाध्यक्ष ताराप्रसाद अर्याल र स्याङ्जा सहयोग समाज कतार, भीरकोट नगर इकाईका सल्लाहकार ऋषिराम अर्यालले संयुक्त रूपमा सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा वडाध्यक्ष अर्यालले रोजगारीका लागि विदेशमा रहेर पसिना बगाएर कमाएको रकमबाट आफ्नै गाउँका बिरामी र विपन्न नागरिकको उपचारमा सहयोग गर्नु अनुकरणीय सामाजिक अभियान भएको बताए ।
‘यस्तो सहयोगले आर्थिक अभावमा उपचार गराइरहेका परिवारलाई राहत मिल्छ । साथै समाजमा सहयोग, सद्भाव र मानवीय भावना अझ बलियो बनाउँछ,’ उनले भने ।
सहयोग ग्रहण गर्ने परिवारका सदस्यहरूले उपचारका लागि प्राप्त आर्थिक सहयोगले ठूलो राहत मिलेको बताउँदै स्याङ्जा सहयोग समाज कतार, भीरकोट नगर इकाई तथा सहयोग जुटाउन भूमिका खेलेका सबैप्रति आभार व्यक्त गरेका छन् ।
स्थानीयवासीका अनुसार विदेशमा बसेर पनि गाउँघरका नागरिकको दुःखमा साथ दिने प्रवासी नेपालीहरूको यस्तो अभियान सामाजिक उत्तरदायित्वको उदाहरण बनेको छ । यस्ता सहयोगले उपचारमा संघर्ष गरिरहेका परिवारलाई राहत दिनुका साथै प्रवास र जन्मभूमिबीचको आत्मीय सम्बन्धलाई अझ बलियो बनाउने विश्वास गरिएको छ ।
सम्बन्धित खबर
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला