नेगम परियार, तनहुँ । आबुँखैरेनी गाउँपालिका वडा नं. १,२ र ३ का सुन्तला खेती हुने स्थानहरुमा आज भोली पहिलेको जस्तो सुन्तला देख्न रहरै छ । विशेषगरि आबुँखैरेनी गाउँपालिकाको वडा नं. १,२ र ३ का गाउँहरु राना गाउँ, यान्चोक आदिमुल, डिही, डुम्रिडाँडाँ, समस्तीपुर ढाप, गिरानचौर,भगेरी, कोट, मार्किचोक नयाँ गाउँ, लगायतका थुप्रै गाउँहरुमा पहिला वार्षिक आम्दानीको मुख्य स्रोत भनेकै सुन्तला खेती रहेको थियो ।
तर आज भोली यी गाउँहरुमा कोसेलीको रुपमा कोहि कसैलाई पठाउन समेत सुन्तला पाईदैन । कतिको सुन्तला खेती सखापै भएको छ भने कोहि कसैको छिटफुट मात्रमा सुन्तला भएता पनि पहिलेको जस्तो भारी मात्रामा राम्रो सुन्तला पाउन भने सकिन्न ।
आज भन्दा करिब ४ वर्ष अगाडी बाटै सुन्तलामा रोग लागी सुन्तलाको टुप्पा बाट सुक्दै जाने र सुन्तलाको बोटहरु मर्दै गएपछि किसानहरु चिन्तित बनेका थिए । सुन्तलाका बोट भटाभट मर्न थालेपछि किसानहरुको आग्रहमा तनहुँको सदरमुकाम दमौलीबाट विशेषज्ञहरु बोलाई सुन्तलाको बोट निरिक्षण गरि कुनै रोकथाम तथा सुन्तलाको रोगबारे थाहा नभएपछि तत्कालिन जिल्ला कृषि कार्यालय तनहुँको आग्रहमा काठमाडौबाट थप बिशेषज्ञहरु झिकाई सुन्तलाको चेकजाच गरिएको थियो ।

काठमाडौबाट आएका प्राबिधिक तथा विशेषज्ञहरुबाट चेक जाचका लागी भनी सुन्तला खेती गरिएको बारीको माटो सुन्तलाका पात, काण्ड र जरा लागायत काठमाडौ लगिएता पनि हाल सम्म सो स्थानको सुन्तलामा के रोग लागेको हो , सुन्तलालाई के भएको हो, किसानहरुले अहिले सम्म थाहाँ पाउँन सकेका छैनन ।
अर्थात सुन्तलाको बोट अचानक मर्नुको कारण सहितको प्रमाणितकरणको कुनेै रिर्पोट नआएको आबुँखैरेनी गाउँपालिका वडा नं. १ डुम्रिडाँडाँ निवासी पहिले सुन्तला खेती गर्दै आएका सम्सेर परियारले बताए । उनको जग्गामा लगाईएको सुन्तलाबाट मात्रै पचाँस हजार देखि साठी हजार सम्मको सुन्तला बेच्दै आएकोमा अचानक सुन्तला खेतीमा भएको क्षति प्रति दुखेसो पोखे ।

सोहि स्थानका अर्का किसान सुन्तलाबाटै पहिले वार्षिक चार लाख देखि साँत लाख सम्मको आम्दानी गर्दै आएका किसान सोम बहादुर नेपालीले भने “ बाकी भएका सुन्तलाहरुलाई पनि वास्ता नगरि छाडी दिएको अलि अलि खानलाई, चाख्नलाई चै छ” । हाल यस क्षेत्रका सुन्तला खेती गर्ने किसानहरु तरकारी खेती तथा गाई पालन तर्फ लागेका छन ।
“सुन्तला खेती हावा खायो अब बिकल्पको रुपमा तरकारी खेती र गाई पालन गरेको अर्का किसान गणेश नेपालीले बताए ।” पहिले लटरम्म फल्ने सुन्तलाको बोट आजभोली यि स्थानहरुमा ती सुन्तलाको हागाँहरुको तरकारीमा झिक्रा हाल्नमा काम आएको अर्का किसान केशब मिश्रले बताए ।
आजभोली तनहुँका यी सुन्तला खेती गर्ने किसानहरुको पेशा नै परिवर्तन भएको छ । चितवन तिरबाट विकासी जातका जर्सी गाईहरु गोठ भरी र बारी भरी तरकारी खेती यो नै अहिलेको चित्रण बनेको छ । पहिले पहेलपुरै सुन्तला हुने यि गाउँहरुका डाँडाँ काडाँ तथा बारीहरुमा आज भोली तरकारी खेती देख्न पाईन्छ । त्यस्तै गोठ भरी जर्सी गाईहरुको ताति देखिन्छ ।
सुन्तला रोगले सत्यानाश पार्यो सुन्तला खेती सेलाए पछि पेशा नै परिबर्तन गर्न बाध्य भएको किसानहरुको भनाई छ । पहिले सुन्तला खेती बाट वार्षिक आम्दानीले वर्ष भरीको खर्च धान्ने गर्थ्यो । सुन्तलाको मात्र स्याहार सुसार गरे पुग्थ्यो तर आज भोली तरकारी खेतीले फुर्सदै छैन किसान लाई ।
तरकारी खेती पनि छ फेरी गाई पालन पनि छ, यता गर उता गर भ्याई नभ्याई अर्का किसान केशब घिमिरेले बताए ।तनहुँका धेरै जसो सुन्तला पकेट क्षेत्र भनेर चिनिएका क्षेत्रहरुमा आजभोली सुन्तला सखाप भएको र बाकी रहेको कहि कतै पनि रोगले नष्ट हुदै गरेको र उत्पादन ह्वात्तै घटेको छ ।
लाखौको आम्दानी गर्दै आएका सुन्तला खेती गर्दै आएका किसानहरु आजभोली हजारमा झरेका छन भने हजारमा सुन्तला उत्पादन गर्ने कृषकहरु शुन्यमा झरेका छन । सुन्तला खेती पश्चात यहाँका किसानहरु बिकल्पको बाटोमा तरकारी खेती र गाई पालन तफ लागेका हुन । पहिले सुन्तला खेती बाट आम्दानी गर्दै आएका किसानहरु आज भोली तरकारी र गाई पाल बाट राम्रो आम्दानी गर्दै आएको गाई पालन गर्दै आएका किसान गोबिन्द गौलीले बताए ।

तरकारी खेतीमा ग्रामीण भेगहरुमा कुनै मौसममा पानीको समस्याले तरकारी खेतीमा थप चुनौती रहेको र गाई पालनमा महङगो दाना र तराईबाट ल्याउनु पर्ने परालले गर्दा गाई पालनमा पनि अर्को चुनौती रहेको गौलीले बताए । यसलाई समाधान गर्न सके तरकारी खेती र गाई पालनबाट राम्रो आम्दानी साथै यस क्षेत्र तरकारी र दुधमा आत्मनिर्भर हुनेमा ढुक्क रहेको गाई पालन गर्दै आएका किसान गौलीको भनाई छ ।
सम्बन्धित खबर
Changan NEVO Q05 शुक्रबार पोखरामा सार्वजनिक हुँदै, Deepal Showroom बाट ४ दिनसम्म टेस्ट ड्राइभ गर्न पाइने
ग्लोबल आइएमई बैंकद्वारा बाढी प्रभावितको सहयोगार्थ ५ करोड रुपैयाँ सहयोग
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा