कांग्रेस सभापति थापा आज स्याङ्जा आउने

कांग्रेस सभापति थापा आज स्याङ्जा आउने

Gagan-thapa-featured

नेपाली कांग्रेसका सभापति गगन थापा आज स्याङ्जा आउने भएका छन् । कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ दिनको पुण्यतिथिमा आयोजित शोकसभामा सहभागी हुन थापा स्याङ्जा आउन लागेका हुन् ।

श्रेष्ठको राजनीतिक योगदान, लोकतान्त्रिक आन्दोलनमा उनले खेलेको भूमिका तथा पार्टी र स्याङ्जाको सामाजिक–राजनीतिक क्षेत्रमा पुर्‍याएको योगदानको स्मरणमा शोकसभा आयोजना गरिएको कांग्रेस स्याङ्जाका प्रवक्ता भरतप्रसाद लम्सालले जानकारी दिए ।

श्रेष्ठको गत साउन १२ गते जावलाखेलस्थित हेलिअस अस्पतालमा क्यान्सरको उपचारका क्रममा ८३ वर्षको उमेरमा निधन भएको थियो ।

२०१७ सालदेखि विद्यार्थी अवस्थामै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय श्रेष्ठ २०३६ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२/६३ को दोस्रो जनआन्दोलनमा सक्रिय रहेका थिए ।

नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापतिसमेत बनेका श्रेष्ठ २०४८, २०५६ र २०६४ सालमा स्याङ्जाबाट संसदीय निर्वाचनमा निर्वाचित भएका थिए । उनले उपप्रधानमन्त्रीसहित शिक्षा, भौतिक योजना तथा निर्माण, वन तथा भूसंरक्षण र उद्योगमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ