स्याङ्जामा फरार तीन प्रतिवादी पक्राउ

स्याङ्जामा फरार तीन प्रतिवादी पक्राउ

पाँच हजार नौ सय ३० रुपैयाँ जरिवाना असुल

pakrau-22

स्याङ्जा जिल्ला अदालतबाट विभिन्न कसुरमा जरिवाना तोकिएर फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले बिहीबार खोजतलासका क्रममा उनीहरूलाई पक्राउ गरी जरिवाना असुलका लागि जिल्ला अदालतमा बुझाएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार पक्राउ पर्नेमा माना चामलसम्बन्धी कसुरमा जरिवाना तोकिएका एक जना, डाँका चोरी कसुरका एक जना र चेक अनादर कसुरका एक जना छन् ।

माना चामल कसुरमा एक जनाबाट दुई हजार चार सय ३० रुपैयाँ, डाँका चोरी कसुरमा एक जनाबाट पाँच सय रुपैयाँ र चेक अनादर कसुरमा एक जनाबाट तीन हजार रुपैयाँ जरिवाना असुल गर्नुपर्ने थियो ।

तीनै जनाबाट कुल पाँच हजार नौ सय ३० रुपैयाँ जरिवाना असुलका लागि बिहीबार नै स्याङ्जा जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

भर्खरै

ट्रेन्डिङ