अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

Arjun-chaupari-gapa-1024×599

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाले सूचना जारी गर्दै आज गाउँपालिकाभर सार्वजनिक बिदा दिने जनाएको हो ।

नेपालीहरूको आस्थाको धरोहरका रूपमा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरमा आयोजना हुने विशेष नवग्रह निशान पूजा र गणेश चतुर्थीको अवसर पारेर बिदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले जानकारी दिए ।

उनका अनुसार आज गाउँपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, विषयगत शाखा, शिक्षण संस्था तथा सार्वजनिक संघसंस्था बन्द रहनेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ