स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको देशकै पहिलो नवग्रह मन्दिरमा तीनदिने विशेष महाअनुष्ठान सम्पन्न भएको छ । अनुष्ठानमा नौवटै ग्रहका लागि ५ लाख ४४ हजारभन्दा बढी मन्त्रको लक्षजपसँगै हवन गरिएको छ ।
नवग्रहमा क्षमा पूजासहित इतिहासमै दुर्लभ मानिएको अथर्ववेदीय नवग्रह महासाम्राज्य कल्पअनुसार महाअनुष्ठान गरिएको हो । हवनकुण्डमा नौ प्रकारका अन्न, शुद्ध घिउ, तिल, जौ, मह तथा विशेष जडीबुटीयुक्त नवधान्य र द्रव्यको आहुति दिइएको थियो ।
नवग्रहका साथै तिनका शासक अधिदेवता र प्रत्यधिदेवताका लागि समेत विशेष तर्पण गरिएको थियो । जसमा सूर्यका लागि शिव, चन्द्रका लागि पार्वती र बुधका लागि विष्णुको विशेष तर्पण गरिएको आयोजकले जनाएको छ ।
भोटेकोशी बाढीमा परेका नागरिकका लागि क्षमा पूजा तथा मानव जीवनमा देखिने सम्पूर्ण ग्रहदोष शान्ति र सर्वसिद्धि प्राप्तिको कामनासहित महाअनुष्ठान गरिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए ।
उनका अनुसार यो सामान्य पूजा वा हवन मात्र नभई कृष्ण यजुर्वेद र अथर्ववेदको ‘नक्षत्र कल्प’मा उल्लेखित दुर्लभ महासाम्राज्य विधानअनुसार गरिएको अनुष्ठान हो । हजारौँ वर्षअघि महर्षिहरूले गोप्य राखेको उक्त विधिअनुसार अनुष्ठान गरिएको उनको भनाइ छ ।
महाअनुष्ठानका क्रममा अघोर पूजा तथा तान्त्रिक विधिअनुसार कुभिन्डो, नरिवल, कागती, उखु र जायफलको सात्त्विक बलिसमेत दिइएको थियो ।
तीन दिनसम्म चलेको अनुष्ठानमा करिब २५ हजार भक्तजनले मन्दिरमा पुगेर पूजा तथा आराधना गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले बताए ।
अनुष्ठानमा कलाकार शिव शर्मा र घनश्याम रिजालले भक्तजनलाई धार्मिक तथा सांस्कृतिक प्रस्तुतिमार्फत मनोरञ्जन गराएका थिए ।
सम्बन्धित खबर
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते