संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन

सुझाव संकलन

संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन

'आवश्यकता र नीतिको संयोजन गरी कार्यक्रम गर्न सकिए मात्रै गतिलो परिणाम'

academy-interaction

पोखरा । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्यहरूले पोखरामा सुझाव संकलन गरेका छन् । पोखरामा क्रियाशील गीत, संगीत, नाटक र संस्कृतिसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरूले प्रज्ञा प्रतिष्ठानहरूले आफ्ना गतिविधिमार्फत परिवर्तनको संकेत दिनुपर्ने सुझाव दिएका हुन् । प्रतिष्ठानका प्राज्ञसभा सदस्य विनोद बानिया, दीपक पराजुली र परिवर्तनको अगुवाइमा उक्त कार्यक्रम भएको हो ।

आगामी प्राज्ञसभामा सम्बन्धित विषयविज्ञहरूको सुझाव लिएर नीति निर्माणका लागि सुझाव दिने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको प्राज्ञसभा सदस्य गायक विनोद बानियाँले बताए । आवश्यकता र नीतिको संयोजन गरी कार्यक्रम गर्न सकिए त्यसले गतिलो परिणाम ल्याउन सक्ने धारणा उनले राखे । ‘आगामी प्राज्ञसभामा सम्बन्धित विषयविज्ञहरूको सुझाव लिएर नीति निर्माणका लागि सुझाव दिने उद्देश्यले यो अन्तरक्रिया आयोजना गरिएको हो,’ उनले भने, ‘आवश्यकता र नीतिको संयोजन गरी कार्यक्रम गर्न सकिए त्यसले गतिलो परिणाम ल्याउन सक्छ ।’

प्राप्त सुझावहरू प्राज्ञसभामा राखिने अर्का प्राज्ञसभा सदस्य तथा र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष दीपक पराजुलीले बताए । ‘प्राप्त सुझावहरू प्राज्ञसभामा राखिनेछन्,’ उनले भने । नीति निर्माणका तहमा आफूहरूले जोड दिने प्राज्ञसभा सदस्य तथा पोखरा थिएटरका अध्यक्ष, नाट्यकर्मी परिवर्तनले बताए । ‘नीति निर्माणका तहमा हामीले जोड दिनेछौं,’ उनले भने ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा विशेष कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यकता गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा गीतकार प्रतिष्ठान नेपालका अध्यक्ष अनुराग अधिकारीले औँल्याए । ‘नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा विशेष कार्यक्रम आयोजना गर्नुपर्छ,’ उनले भने ।

विद्यालय तहमा संगीत, नाटक र संस्कृति पुग्न सक्ने गरी कार्यक्रम ल्याउने, प्रतिलिपि अधिकार र रोयल्टीसम्बन्धी नीतिगत व्यवस्था कार्यान्वयन गर्नेलगायत सुझाव हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापा, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य गायक रामभक्त जोजिजू, पोखरा संगीतिक कलाकार संघका निवर्तमान अध्यक्ष सुनिल थापा, उपाध्यक्ष तेज केसी, जोजिजू म्युजिक सेन्टरका प्रबन्धक विनित जोजिजू, पोखरा प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य दिलिप गायक, रेनेसा थिएटरकी रोशनी रामदाम, नाट्यकर्मी प्रमिला तुलाचन, गीतकार प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनिया, उपाध्यक्ष लाल कार्की ‘अञ्जान’, सचिव रुपिन्द्र प्रभावी, पोखरेली युवा सांस्कृतिक परिवारका सचिव एमडी काफ्ले, त्रिवेणी संगीतालयका सुनील बरालले दिएका थिए ।

सबैले अपनत्व महसुस गर्न सक्ने कार्यक्रम ल्याउन कमला श्रेष्ठ, दलबहादुर गुरुङ, असीम शेरचन, डविन गुरुङ, निश्चल विमल, नेपालहरि रानाभाट, रामजी पौडेललगायतले सुझाव दिएका थिए । सम्बन्धित क्षेत्रका व्यक्तिहरूसँग सुझाव संकलनका लागि गरिएको पहलप्रति सहभागीहरूले धन्यवाद ज्ञापन गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ