तनहुँ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाले पोखरामा आगामी फागुन १८ गतेदेखि क्यान इन्फोटेक मेला–२०१९ को आयोजना गर्ने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीले आइतबार दमौलीमा पत्रकार सम्मेलन गरेर सो बारे जानकारी गराएको हो ।
विश्वमा पछिल्लो समय प्रयोगमा आइरहेका सूचना प्रविधिको वृहत ज्ञान दिने उद्देश्यले प्रदेश स्तरीय क्यान इन्फोटेक मेला आयोजना गरिएको क्यान कास्कीका अध्यक्ष एवं मेला संयोजक युवराज पौडेलले जानकारी दिए ।
इन्फोटेकमा वृहत सूचना प्रविधि प्रदर्शनीका साथै प्रदेशस्तरीय टाइपिङ प्रतियोगिता, आइटी क्विच कन्टेस्ट सञ्चालन गरिने क्यानले जनाएको छ । सो अवसरमा कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, ल्यापटप एक्सचेन्ज अफर प्रदान गरिने भएको छ ।
आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादन प्रदर्शनी तथा अन्य आइसिटीसँग नविनतम गतिविधिहरु प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी, मोबाइल प्रदर्शनी एवं बिक्री गरिने जनाइएको छ। यस पटकको मेलामा क्यानले दृष्टिविहीनहरुलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गर्ने भएको छ ।
गत वर्षको मेलामा गृहिणीहरुलाई निःशुल्क तालिमको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । मेलामा सूचना प्रविधिसँग सम्बन्धित १ सय भन्दा बढि स्टल रहने बताइएको छ ।
पत्रकार सम्मेलनमाकम्प्युटर एसोसिएसन नेपाल गण्डकी प्रदेशका अध्यक्ष चिन्तामणी बास्तोला, उपाध्यक्ष तुलसीराम पाण्डे नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य लागयतले कार्यक्रममा सम्बोधन गरेका थिए ।
मेलालाई भायनेटले मुख्य प्रायोजन गरेको छ भने इन एसोसिएसन विथमा आइएमई पे, इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स, आइटी सेक्युरिटी पार्टनरमा टिपी लिंक ट्रेडर्सले सहकार्य गर्ने भएको अध्यक्ष पौडेलले जानकारी दिए । मेला फागुन २४ गतेसम्म चल्ने छ ।
सम्बन्धित खबर
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पोखरा लेकसाइडमा खुल्यो जापानी आतिथ्यसहितको ‘UNPLAN Pokhara Hotel and Retreat’
सिटिजन फर्निचरमा दसैँतिहार अफर, ३० प्रतिशतसम्म छुट
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
सहकारीले अब ऋण दिँदा १३ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने
Changan NEVO Q05 शुक्रबार पोखरामा सार्वजनिक हुँदै, Deepal Showroom बाट ४ दिनसम्म टेस्ट ड्राइभ गर्न पाइने
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते