किरण श्रेष्ठ, तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर १ गुणादि स्थित महेन्द्र माविमा शनिबार देखी सुरु भएको शैक्षिक तथा धार्मिक महामहोत्सव एवं ऐतिहासिक संगीतमय लिलामय श्रीमदभागवत धनधान्याचल विराट नवाह ज्ञान महायज्ञ सुरु भएको छ ।

महायज्ञको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्रि पृथ्वीसुब्बा गुरुङले गरेका हुन् ।
यस्ता छन विद्यालयका योजना :
महेन्द्र माविमा प्राविधिक शिक्षा संचालनका लागी महायज्ञको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयराज खनालले जानकारी दिए । महायज्ञबाट संकलन भएको रकमले विद्यालयको पुर्वाधार निर्माण, प्रयोगशाला र पुस्तकालय स्थापना गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

महायज्ञको प्रमुख वाचकमा बालयोगेश्वर महाराज श्री रहेका छ्न । फागुन ११ गतेदेखी सुरु भएको महायज्ञ फागुन १९ गतेसम्म संचालन रहने आयोजकले जनाएका छ्न । महायज्ञबाट ५ करोड रुपैयाँ उठाउने लक्ष्य राखिएको छ ।
पहिलो दिन करिब २ लाख संकलन
शनिबार महायज्ञको पहिलो दिन १ लाख ९६ हजार रकम उठेको महायज्ञका प्रचारप्रसार संयोजक विकास खनालले जानकारी दिए ।

जसमा रविराज खनालले १ लाख १ हजार १ सय, हरिप्रसाद खनाल ५१ हजार ५, तनहुँ उद्योग वाणिज्य संघले ११ हाजर १ सय ११ र नमुना आमा समुह मानुङ्गले १० हजार २० दान गरेको खनालले जानकारी दिए ।
हेलिकप्टरबाट पुष्पवृष्टी :
महायज्ञमा अर्को एउटा आकर्षण समेत रहेको थियो । आकर्षणको रुपमा महायज्ञ स्थलमा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो ।
उद्घाटन समारोहमा गण्डकी प्रदेशका सांसद रोशन गाहा मगर, गण्डकी प्रदेशका सांसद दोबाटे विक, गण्डकी प्रदेशकी सांसद आशा कोइराला, गण्डकी प्रदेशका मुख्यसचिव लक्ष्मीराम पौडेल, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया राना, म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, नेकपा तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगाएतले आ-आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो