काठमाडौ । कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्ट्वरिका कलेजले काठमाण्डौमा ३ दिने आइ.ओ.टि. प्रदर्शनी गर्ने भएको छ ।
आगामि मंगलबारबाट विहिबार सम्म डिल्लीबजारमा चल्ने प्रदर्शनीका लागि स्मार्ट स्कुल/कलेज, स्मार्ट पाकिङ्, स्मार्ट होटल/रिसोर्ट, स्मार्ट फोहोर व्यवस्थापन, स्मार्ट मापसे जाँच, स्मार्ट सुरक्षा गार्ड, स्मार्ट सवारी साधन सहित स्मार्ट सिटीको नमुना तयार गरिएको छ ।
प्रदर्शनीको करिव ८० वटा स्मार्ट सोलुसनका मोड्युल सफ्ट्वरिका कलेजमा कम्प्यूटिङ विषयमा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत १ सय ९४ विद्यार्थीले तयार गरेका हुन् ।
प्रदर्शनी अवधिमा तिनै दिन आइ.टि. मा भविष्य बनाउन चाहने विद्यार्थीका लागि विषेश कार्यशाला समेत सञ्चालन गरिनेछ । बेलायतको आइ.टि. सम्बन्धि प्रसिद्ध कभेन्ट्री युनिभर्सिटिका एकेडेमिक पाटर्नरसिप म्यानेजर एबि लिटलरले कार्यशालाको संयोजन गर्ने छन् ।
विद्यार्थीलाई प्रयोगात्मक पढाइमा जोड दिइ दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधरणलाई कम्प्यूटिङ सोलुसनको अवधारणा बुझाउने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए । निशुल्क प्रवेश रहेको प्रदर्शनी राज्यका नीति निर्माता, विद्यार्थी, अभिभावक र आइ.टि. क्षेत्रका जिज्ञाशुका लागि उपयोगी हुने श्रेष्ठको भनाइ छ ।
प्रविधिको सदुयोग गर्न सके कसरी हाम्रो जीवनयापन सहज हुन्छ भन्ने प्रदर्शनीले स्पष्ट पार्ने प्रदर्शनीका संयोजक एवम् सफ्ट्वरीका कलेजका सिनियर लेक्चर मनोज श्रेष्ठ बताउँछन् ।
३ हजार जनाले अवलोकन गर्ने अपेक्षा राखिएको प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको कलेजका निर्देशक अमृत थापाले जानकारी दिए ।
सम्बन्धित खबर
‘रास्वपाको पतन उदय जत्तिकै छिटो हुन्छ’ – एमाले महासचिव पोखरेल
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रुपमा ग्रहण गर्नु नै गुरूप्रतिको सम्मान हो: प्रदेश प्रमुख भट्ट
संकटको बेला सरकारले नै सर्वदलीय बैठक बोलाउनुपर्थ्यो : शंकर पोखरेल
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा