अर्घाखाँची- नरपानीस्थित सातामाटामा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । दुर्घटनामा १७ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
बस साँघुरो घुम्ती पार गर्न नसकेर दुर्घटना भएको हो । लु२ख २१४८ नम्बरको बस दुर्घटना हुँदा बसधनी, चालकसँगै सात महिला र १२ पुरुषले ज्यान गुमाएका छन् ।

बस सडकबाट तल खसेर दुई टुक्रा भएको छ। भीरमा छरिएको अवस्थामा सुरक्षाकर्मीले घाइतेको उद्धार र शव संकलन गरेका छन्। घाइतेमध्ये भूमिस्थान नगरपालिका–९ का २३ वर्षीय शैलेश थापाको ठाडा प्राथमिक उपचार केन्द्र र बसधनी शीतगंगा नगरपालिका–२ का ३५ वर्षीय सन्तबहादुर बस्नेतको बुटवलको चौराहा अस्पताल पुर्याएपछि निधन भएको हो। १३ घाइतेमध्ये ११ जनालाई बुटवल पठाइएकोमा एक जनाको अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा बसका चालक कपिलवस्तुको बुद्धभूमिका ३० वर्षीय ओमबहादुर थापा, सन्धिखर्क–७ का ५७ वर्षीय शिवलाल भट्टराई, ५० वर्षीय बलराम भट्टराई, २२ वर्षीया माया पुरी, ८ वर्षीया मोनिका खड्का, गुल्मी धुर्कोटका २८ वर्षीय राजकुमार महत र बसधनी बस्नेतकी भाइबुहारी शीतगंगा–२ की ३० वर्षीया सीता बस्नेतसँगै नौ जनाको सनाखत भएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
यो पनि पढौँ
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते