तनहुँ । तनहुँको भानु नगरपालिकाको तुरतुरे र गोरखाको पालुङटार जोड्ने मस्र्याङ्दी नदीमाथि बन्दै गरेको पुलको फर्मा ढल्दा तीन कामदार घाइते भएका छन ।
पुल निर्माणको क्रममा बिछ्याइएको फर्मा ढल्दा तीन कामदार घाइते भएका हुन । मध्यपहाडी राजमार्ग अन्तर्गत उक्त पुल निर्माण भईरहेको थियो ।
घाइते हुनेमा बर्दिया घर भएका सुनील चौधरी, राज चौधरी र सन्दिप चौधरी रहेको प्रहरीले जनाएको छ । सुनीलको अवस्था गम्भिर रहेको र काठमाडौंमा उपचार भइरहेको डीएसपी बासुदेव खतिवडाले बताए । अन्यको भने स्थानीय मेडिकलमा उपचार भएको छ ।
ढलानका लागि फर्मा बिछ्याउन राखिएको करिव तीन हजार टेका ढलेर दुर्घटना भएको ठेकेदार कम्पनीका इन्जिनियर प्रेम अधिकारीले बताए ।
‘तीन हजार टेका लगाएर फर्मा ओछ्याउने काम लगभग सकिन लागेको थियो, काम गर्दागर्दै मंगलबार दिउँसो एक्कासी टेका लडेर फर्मा सबै ढल्यो’ उनले भने ।

टेकालाई बाँधेको तार खुकुलो भएर ढलेको हुन सक्ने उनको अनुमान छ ।
पुल निर्माणका लागि गौरी पार्वती निर्माण सेवा प्रालिसँग २०७२ साल असार २५ गते सम्झौता भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक बिभाग अन्तर्गतको पुल योजना पश्चिम क्षेत्र सेक्टर नम्वर ४ को कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार ७ करोड ५ लाख ४० हजारमा सम्झौता भएको पुल २०७५ असार २५ गते सक्नुपर्ने थियो । समयमै काम नसकेपछि २०७६ साल जेठ मसान्तसम्म म्याद थप गरिएको कार्यालय प्रमुख भीमार्जुन कँडेलले बताए । तर थपिएको म्याद पनि काम नसकेपछि अलपत्र बनेको पुलको पुनः काम सुचारु भएको हो ।
सम्बन्धित खबर
कालीगण्डकी गोल्डकपमा पोखरा र गोरखा सेमिफाइनलमा
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
विद्यालयको जग्गा सशस्त्र प्रहरीलाई दिने मन्त्रिपरिषद्को निर्णय विवादमा
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते