नेपालमा पहिलो पटक सञ्चालन भएको कमेडीको रियालिटी सो ‘कमेडी च्याम्पियन’ काे च्याम्पियन धादिङका हिमेश पन्त बनेका छन् ।
शनिबार साँझ काठमाण्डौंमा सकिएको फाइनलमा सुमन कोइराला र खड्गबहादुर पुनलाई पछि पर्दै दर्शकको मतका आधारमा हिमेश पन्त कमेडी च्याम्पियन बन्न सफल भएका हुन् ।
थ्रि पोडक्सनको प्रस्तुती रहेको च्यापियनमा विजेताले विजेताले २५ लाख नगद र कार प्राप्त गरेका छन् । विजेतालाई बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, दिनेश डिसीले लगायतले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रमको निर्णायकमा बरिष्ठ हास्य कलाकार सन्तोष पन्त, मनोज गजुरेल, कलाकार रिचा शर्मा र निर्देशक प्रदिप भट्टराई रहेका थिए ।
केकी अधिकारी, राज घिमिरे र सृजा थपलिया निर्माता रहेको कार्यक्रमको निर्देशक बिशाल भण्डारी रहेका थिए । अडिसनबाट चयन भएकाहरुमध्ये उत्कृष्ट २५ बाट छनौट हुँदै उत्कृष्ट ३ छानिएको थियो ।
धादिङका हिमेश कमेडी च्याम्पियनमा लजिकल कमेडियनका रुपमा चर्चित भएका थिए । यस्तै, खबपुले अर्गानिक कमेडियन तथा सुमनले दलेदाइको परिचय बनाएका थिए ।
सम्बन्धित खबर
ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना घाइते
जापानका परराष्ट्रमन्त्री योको आज नेपाल आउँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
आजको मौसम पूर्वानुमान
एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय
हराएका शताब्दीऔँ मूर्ति अमेरिकाबाट नेपाल पठाइयो
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग