काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाएको बताएका छन् । यो घोषणासँगै कुन कुन सवारी साधन कहाँकहाँ सञ्चालन गर्न पाइने हो भन्ने प्रश्न उठेको छ ।
जस्तो निजी सवारी साधन लिएर जान पाइन्छ कि पाइँदैन ? लामो रुट कुा कुन हुन् ? आदि । यातायात व्यवस्था विभागमा महानिर्देशक गोगनबहादुर हमाल भन्छन्, लामो दूरीका रुटमा निजी सवारी साधान मात्र होइन, मोटरसाइकलमा पनि यात्रा गर्न पाइन्न ।’
लामो दूरीमा मालबहाक सवारी भने चलाउन पाइने छ । महानिर्देशक हमालका अनुसार स्थानीय रुटमा भने सवारी चलाउन कुनै रोक लाग्ने छैन । राष्ट्रिय राजमार्गहरु प्रयोग गरी साना, ठूला, दुई पांग्रे, चार पांग्रे वा त्यो भन्दा ठूला क्षमताका सबै खालमा यात्रुबहाक सवारी चलाउन पाइने छैन ।
यातायात व्यवस्था विभागका अनुसार २ सय ५० किलोमिटरभन्दा टाढाको दूरीलाई ‘लामो दूरी’ मानिन्छ। विभागकामहानिर्देशक गोगनबहादुर हमाल भने, ‘काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द हुन्न,२ सय ५० किलोमिटर भन्दा टाढालाई लामो दूरीलाई मानेका छौं।’
यस्तै नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु चैत ९ देखि १८ गतेसम्मको लागि स्थगित गरिएकोप्रधानमन्त्री ओलीले जानकारी दिए। उनका अनुसार सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ। सीमामा जाँचका सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसँग आवश्यक समन्वय गरिने प्रधानमन्त्रीले स्पष्ट पारे।
सम्बन्धित खबर
विद्यालयमा बाढी पस्नुअघि नै विद्यार्थी निकालेँ, अन्तिममा म निस्केँः त्रिभुवन त्रिशूली मावि प्रअ दवाडी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन