काठमाडौ । संसारभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को जोखिम न्यूनीकरण गर्न सरकारले मंगलबार ६ बजेदेखि नेपाल लक डाउन गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले नेपालमा कोभिड १९ फैलिने सम्भावना देखिएको भन्दै भोलि विहान ६ बजेदेखि चैत १८ गते विहान ६ बजेसम्म लक डाउन गर्ने निर्णय गरेको हो ।
समितिले संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी लक डाउनको आदेश पालना गर्नका लागि आवश्यक व्यवस्था मिलाउन सबै प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिएको छ । त्यसका लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकताअनुसार प्रयोग गर्न आदेश दिइएको छ ।
मुलुक लक डाउन गर्ने निर्णय भएसँगै अब अत्यावश्क अवस्था बाहेक घरबाहिर निस्कन पाइने छैन ।
बजारमा औषधी उपचार, खाद्य वस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि ब्यक्ति घरबाट बाहिर निस्कन बन्देज लगाइएको छ ।
यस्तै, अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायकाले प्रयोग गर्ने सवारी साधन बाहेकका सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सन्चालनमा रोक लगाइएको छ ।
सबै आन्तरिक तथा बाह्य उडान बन्द गरिएको छ । सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गरिएको छ ।
स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोर मैला व्यवस्थापनजस्ता अति आवश्यक सेवाबाहेकका अन्य सबै कार्यलय सन्चालनमा रोक लगाइएको छ ।
औषधी तथा स्वास्थ्यक उपकरण, खाद्यवस्तु, खानेपानी, दुध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानामा काम गर्ने कर्मचारीलाई विदा दिनुपर्ने निर्णय उच्चस्तरीय समितिले गरेको छ । व्यवसायीहरुले औषधी र औषधीजन्य सामाग्रीको नियमित आपूर्तिको व्यवस्था गर्ने निर्णय पनि समितिको छ ।
समितिले कालोबजारी, जम्माखोरी गर्ने वा लुकाउने र आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानुनअनुसार कारवाही गर्ने र सामाग्री जफत गर्ने उल्लेख छ ।
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष