काठमाडौ । संसारभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को जोखिम न्यूनीकरण गर्न सरकारले मंगलबार ६ बजेदेखि नेपाल लक डाउन गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले नेपालमा कोभिड १९ फैलिने सम्भावना देखिएको भन्दै भोलि विहान ६ बजेदेखि चैत १८ गते विहान ६ बजेसम्म लक डाउन गर्ने निर्णय गरेको हो ।
समितिले संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी लक डाउनको आदेश पालना गर्नका लागि आवश्यक व्यवस्था मिलाउन सबै प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिएको छ । त्यसका लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकताअनुसार प्रयोग गर्न आदेश दिइएको छ ।
मुलुक लक डाउन गर्ने निर्णय भएसँगै अब अत्यावश्क अवस्था बाहेक घरबाहिर निस्कन पाइने छैन ।
बजारमा औषधी उपचार, खाद्य वस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि ब्यक्ति घरबाट बाहिर निस्कन बन्देज लगाइएको छ ।
यस्तै, अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायकाले प्रयोग गर्ने सवारी साधन बाहेकका सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सन्चालनमा रोक लगाइएको छ ।
सबै आन्तरिक तथा बाह्य उडान बन्द गरिएको छ । सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गरिएको छ ।
स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोर मैला व्यवस्थापनजस्ता अति आवश्यक सेवाबाहेकका अन्य सबै कार्यलय सन्चालनमा रोक लगाइएको छ ।
औषधी तथा स्वास्थ्यक उपकरण, खाद्यवस्तु, खानेपानी, दुध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानामा काम गर्ने कर्मचारीलाई विदा दिनुपर्ने निर्णय उच्चस्तरीय समितिले गरेको छ । व्यवसायीहरुले औषधी र औषधीजन्य सामाग्रीको नियमित आपूर्तिको व्यवस्था गर्ने निर्णय पनि समितिको छ ।
समितिले कालोबजारी, जम्माखोरी गर्ने वा लुकाउने र आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानुनअनुसार कारवाही गर्ने र सामाग्री जफत गर्ने उल्लेख छ ।
सम्बन्धित खबर
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते